प्रचण्डसँग माधव र झलनाथको छलफलमा मिसिए विप्लव

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’र सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल तथा सम्मानित नेता झलनाथ खनालबिच छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा नेताहरूबिच पछिल्लो विकसित राजनीतिक घटनाक्रमका बारेमा भेटवार्ता र छलफल भएको हो ।

प्रधानमन्त्री प्रचण्डसँग नेपाल र खनालको छलफल चलिरहेका बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लव समेत बालुवाटार पुगेका छन् ।  प्रधानमन्त्री प्रचण्डले यही असार २८ गते संसद्‌मा विश्वासको मत लिँदैछन् ।

Facebook Comments Box
TOP
434 Shares