सुमना श्रेष्ठविरुद्ध राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठविरुद्ध राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेको छ।
उजुरीमा मन्त्री श्रेष्ठले विदेशको पीआर लिएको भन्दै छानबिनको लागि अनुरोध गरिएको छ । उजुरीका आधारमा सतर्कता केन्द्रले मन्त्री श्रेष्ठलाई पत्र पठाई यथार्थ जानकारी मागेको छ।
केन्द्रको पत्र पाएपछि मन्त्री श्रेष्ठले बुधबार सामाजिक सञ्जालमा भिडियो पोष्ट गर्दै लेखेकी छन्, म नेपालको नागरिक हुँ, कुनै अन्य देशको पीआर वा नागरिकता लिएकी छैन।
उनले सामाजिक सञ्जाल एक्समा थप लेखेकी छन्,ट्याबलोइड सञ्चारमाध्यममा सीमित रहँदासम्म जवाफ दिन जरुरी ठानिन तर, राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेकोले जवाफ दिएकी छु।
आरोप आफैँमा अस्पष्ट छ, कुन देशको पीआर वा नागरिकता भनेर पनि खुलाइएको छैन र पूर्णतः निराधार छ, तर छानबिनमा पूरा सहयोग गर्नेछु।
आरोप के प्रमाणको आधारमा लगाइयो, लगाउनेको नियत र कस्तो बेला ल्याइयो जस्ता प्रश्न गर्न उनले आफ्ना प्रशंसकलाई अनुरोध गरेकी छन्।
युरोपियन देशको पीआर वा नागरिकता लिने प्रक्रिया बुझेका कसैले यसबारे केही प्रकाश पारिदिनुहुन्छ कि,उनले अनुरोध गरेकी छन्।
समाज
थप सामाग्री-
केआईआईटी विश्वविद्यालयले भन्यो– थप अप्रिय घटना हुन नदिन विद्यार्थीलाई नेपाल पठाइएको हो
-
हेटौँडा सिमेन्टको ‘रोप–वे’ लिलाम बिक्री, प्राप्त रकमले कच्चा पदार्थ खरिद गरिने
-
भारतमा नेपाली छात्राको मृत्युपछि भारतीय दूतावास अगाडि प्रदर्शन
-
प्रधानमन्त्रीले भने– भारतमा नेपाली विद्यार्थीको मृत्युबारे कूटनीतिक तवरले बुझिरहेका छौँ
-
युएई पुगे युक्रेनी राष्ट्रपति जेलेन्स्की

संघीय सरकारले कर्णालीप्रति गर्ने उपेक्षा चिर्ने प्रयास भइरहेको छ : मुख्यमन्त्री कँडेल
५ घण्टा अगाडि
1.3kViews 197 Shares Share on Facebook Share on Twitter सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संघीय सरकारले कर्णालीप्रति गर्ने…