पत्रकारलाई बाहिर निकालेर प्रधानको सुनुवाइ

काठमाडौँ । निर्वाचन आयोगको आयुक्तका लागि सिफारिस भएका कृष्णमान प्रधानको संसदीय समितिमा बुधबार सुनुवाइ भएको छ । समितिको बैठकमा प्रधानले आफ्नो कार्ययोजना प्रस्तुत गरेका छन् । बैठकमा प्रधानले आफ्नो कार्ययोजना प्रस्तुत गरेपछि आफूविरुद्ध परेको उजुरीबारे प्रस्टीकरण पनि दिएका छन् ।
‘मेरो बारेमा अवाञ्छित रूपमा दुराग्रह राखेर आरोप लगाइएको छ, जुन सत्य होइन’, प्रधानले भने, ‘अदालतमा गएर प्रमाण दिन नसकेको स्वीकार गर्ने अनि कानुनी रूपमा कमजोर भएको विषयलाई सुनुवाइ हुन लागेपछि समितिमा दुरासय राखेर उजुरी दिएकाले तपाईहरूको विवेकमा छोडिदिन्छु ।’बैठकमा प्रधानले आफ्नो कुरा राखिसकेपछि समितिमा रिपोर्टिङमा गएका पत्रकारहरूलाई बाहिर निकालिएको छ ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री
विदेशमा रहेकाहरु विश्वास गर्ने,यता आफन्त दलालीसँग मिलेर फसाउँदै
२ दिन अगाडि
1.9kViews 464 Shares Share on Facebook Share on Twitter गाउँदेखि शहरसम्मका मानिसहरु विदेशमा छन्। रोजगारीको खोजीमा खाडीलगायत विभिन्न देश पुगेका…