काठमाडौं कपनका खरानीले चलाए जुवा आतंक: प्रहरी मौन,आखिर किन ?

काठमाडौ । हाल नेपाल प्रहरीले काठमाडौं उपत्यकामा जुवा अखडा सञ्चालन गरि खेल्ने खेलाउने दुबै माथि कडा निगरानी राख्दै आएता पनि उपत्यका भित्र हुने दिन दहाडै करोडौंको जुवाखेलको विषयमा भने प्रहरीनै बेखबर रहेको पाइएको छ।        गत शुक्रबार दिउँसो नगरकाेटकाे कन्ट्री भिल्ला नजिकै ठूलो जुवा ( काैडा) संचालन भएको रहेछ। खरानी भन्ने राजकुमार अधिकारी , महेश , कुमार ,सबिन , सुमन लगायतका जुवा संचालकहरूले उक्त जुवा अखडा संचालन गरेका हुन । झण्डै ६५ जना सहभागी रहेको उक्त जुवा अखडामा ५० लाख भन्दा बढीको काराेवार भएको थियो । पिकनिक जस्तो आयोजना गरेर काैडा खेलाउने काम भएको थियो । खरानी भन्ने राजकुमार अधिकारी काठमाडौं र भक्तपुरमा जुवा खेलाउदा खेलाउदै बारम्बार पक्राउ परेका पटके जुवा संचालक हुन । केही दिन अघि ललितपुरकाे गाेदावरी , चापांगांउ भैसेपाटी लगायतका ठाउँमा जुवा खेलाएका उनी अहिले भक्तपुर पनि पुगेका छन् । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ११ कपनका अधिकारी मोडका स्थानीय बासिन्दा खरानीले उपत्यकामा ठाँउ सार्दै जुवा अड्डा चलाए पनि प्रहरी किन मौन ? स्वयं खरानीले भन्दै हिँडेका छनकी मैल प्रहरी हाकिमकै पैसा चलाएको छु त्यो पनि जुवा अड्डाका लागि ।                    पढ्नुहोस जनरक्षाले विगतमा प्रकाशित गरेको समाचार  :  काठमाडौंको फैकामा स्पोर्ट्स हबको नाममा मिनि-क्यासीनो सञ्चालन ,कसको छ “आड र धाप” ?

काठमाडौ । हाल नेपाल प्रहरीले काठमाडौं उपत्यकामा जुवा अखडा सञ्चालन गरि खेल्ने खेलाउने दुबै माथि कडा निगरानी राख्दै आएता पनि फैकामा हुने करोडौंको खेलमा प्रहरीनै बेखबर रहेको पाइएको छ।                                                                                                                              काठमाडौंको कपन फैका स्थित गाई फार्म नजिकै रहेको स्पोर्ट्स हवमा प्रतेक शनिबार प्रहरीका उच्च अधिकारीकै मिलोमतोमा मिनि क्यासीनोको रुपमा जुवा-अखडा सञ्चालन हुँदै आइरहेको तथ्य बाहिरीएको हो।                                                                                                                                        सोर्तका अनुसार सोलुखुम्बु तिर घर बताउने राई थरका व्यक्तिले सञ्चालन गरेका उक्त स्पोर्ट्स हबमा करोडौं बराबरको जुवाखेल हुने गर्दछ। नेपाल प्रहरीका केही उच्च अधिकारीको छत्रछाँयामा सञ्चालित सो स्पोर्ट्स हबमा केही समय अगाडि घटेको घटनालेनै सोर्तको दाबी पुष्टि हुन्छ ।                                                                                                                               करिव एक महिना अगाडि शनिबारका दिन उक्त स्पोर्ट्स हबमा जुवा चलिरहेको सुँईको कपन प्रहरीले पाएको थियो।करोडौंको जुवाखेल चलिरहेको सुचना पाए लगत्तै त्तत्कालिन कपन प्रहरी प्रमुख नवराज सापकोटाले राई थरका असईको नेत्रित्वमा बिहान  ११ बजे प्रहरी पठाए तर हब सञ्चालकले छापा हान्न गएका प्रहरीलाई गेटमा रोक्दै तथानाम गाली गरे ।                   प्रहरीलाई गेटमा रोकी सञ्चालकले मस्त खेलखेलाई रहे। सोर्तका अनुसार बल प्रयोग गरि प्रहरी भित्र छिर्न खोज्दा कपन प्रहरी प्रमुख सापकोटाले माथिको आदेश नआएकाले छापा हान्न गएका प्रहरीलाई फर्कन आदेश दिए। लगत्तै अपमान जनक तरीकाले प्रहरी फर्किन बाध्य भयो ।                                                                                                                                  सोर्तका अनुसार तत्कालीन कपन प्रहरी प्रमुख सापकोटाको सरुवाको शुचि निक्लिएकाले उनले रिस्क लिन चाहेनन।तरपनि माथिको आदेश किन आएन त्यो विषय तत्कालीन प्रमुख सापकोटालेनै जानुन।यसरी विगतमा जुवा अखडामा छापा हान्न गएका प्रहरी गेटबाटै फर्कनुले भर्खरै प्रहरी प्रभाग कपनका प्रमुखका रुपमा कमान्ड सम्हालेका प्रहरी निरीक्षक नेत्र बहादुर कुँवरलाई थप चुनौती थपिएको स्पष्ट हुन्छ ।                                                                                                       नेपाल प्रहरी अपराध महाशाखाले जुवा अखडाका नाईके भनेर चिनिने राजकुमार अधिकारी उर्फ खरानीलाई हाल खोजीको सुचिमा राखेपनि खरानी प्रतेक शनिबार सो स्पोर्ट्स हबमा झुल्किने गरेका समेत चर्चा बेलाबेलामा चल्ने गरेको छ।                                                                                                             खरानीले केही समय अगाडि कपन क्षेत्रलाई आधार इलाका बनाई जुवा अखडा सञ्चालन गरीरहेको अबस्थामा तत्कालीन कपन प्रहरी प्रमुख भगवती तिमल्सिनाको कडा निगरानीका कारण उनि  मण्डीकाटारतिर सरेका बताइन्छ ।हाल खरानीले कपनको टुपेक,बालुवा खानी,मितेरीपुल,मण्डीकाटार,फैकामा जुवाअखडा चलाई रजगज गरीरहेको समेत सोर्तको दाबी छ।                                                                                                खरानिले काठमाडौंको मण्डीकाटारमा जुवाअखडा सञ्चालन गर्दा महाराजगन्ज प्रहरी बृतका घुमुवा प्रहरीलाई मासिक २ लाख दिनेगरेको समाचार केहिदिन अगाडि विभिन्न समाचार माध्यमले प्रकाशित गरीसकेको छ।

Facebook Comments Box
TOP
437 Shares