झटारो : चित्रगुप्तको बहिखाता

—हेमन्त मल्ल ठकुरी चित्रगुप्तको दरबार सजेको थियो
स्वागत गान बज्दै थियो
स्वागतका लागि
रातो कार्पेट ओछ्याइएको थियो
दरबारका कर्मचारी लामबद्द थिए
चित्रगुप्त बही खाता
अचम्म मानी हेर्दै थिए
कारण थियो
नेपालका विशिष्ट व्यक्तित्व
आफ्नो इमानदारिता पुष्टि गर्न आउँदै थिए
कहिले अगाडि कहिले पछाडिबाट
हेर्दा पनि दाबी गरेजस्तो
नपाएपछि
के गर्ने के जबाब दिने भनी
चित्रगुप्तले सल्लाह गर्न
रेकर्ड टाइप गर्ने खरदार साहेबलाई
बोलाइपठाए
काहीं टाइप त गलत भएन ?
अर्काको रेकर्ड त आएन ?
दाबी गरेजस्तो त
काहीं देखिँदैन खरदार साहब ?
खरदारले हाथ जोड्दै भने
भगवन रेकर्ड सही छ
सही काम गरे पो रेकर्ड सही बस्छ
त्यहाँका नेताहरूलाई थाहा छैनजस्तो छ
तिनीहरूले गर्ने जस्तो बदमाशी लुकाउने
काम यहाँ हुँदै हुँदैन भनेर
रातो कार्पेट हटाउँ
स्वागत गान बन्द गरौं
बहिखाता कोट्याइराख्नु पर्दैन
मैले बहिदार साहबलाई
बाटोबाटै फिर्ता जाने
सूचना दिन पठाइसकेको छु भगवान
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री
विदेशमा रहेकाहरु विश्वास गर्ने,यता आफन्त दलालीसँग मिलेर फसाउँदै
२ दिन अगाडि
1.9kViews 464 Shares Share on Facebook Share on Twitter गाउँदेखि शहरसम्मका मानिसहरु विदेशमा छन्। रोजगारीको खोजीमा खाडीलगायत विभिन्न देश पुगेका…