मुक्तिनाथ कृषि छैटौं वर्षमा

काठमाडौं  । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले आफ्नो स्थापनाको छैठौं वार्षिक उत्सव मनाउँदैछ ।
शुक्रबार राजधानीको गैरीधारा-बालुवाटारस्थित सिल्भर ओक व्यकेंटमा मनाउन गइरहेको वर्षगाँठ कार्यक्रममा कम्पनीले ‘किसानको हित, उपभोक्ताको जित’ हुने गरी कुषि सम्वन्धी कार्यपत्र प्रस्तुत गर्ने बताइएको छ ।
मुक्तिनाथ कृषि कम्पनीका स्वप्नद्रष्टा भरत ढकालले स्वागत भाषण गर्ने उक्त कार्यक्रमको सभापतित्व मुक्तिनाथ कृषिकै योजनाकार सिताराम काफ्लेले गर्नुहुनेछ । उक्त कार्यक्रमको नारा “लगानी दशक सफल बनाउने जिम्मेवारी, सार्वजनिक नीजि सहकारीको साझेदारी” तय गरिएको छ ।
कृषि उपजमा किसानले आफ्नो लगानीको प्रतिफल पाउन त परैको कुरा परिश्रमको मुल्य समेत नपाउने भएपछि कृषि प्रधान देशका रुपमा चिनिने हाम्रो देशका खेतबारी चौतर्फी बाँझो देखिन्छन् । यस्तो अवस्थामा किसानको उत्पादन सिधै उपभोक्तामाझ पुराउने अभिलाषाका साथ छ वर्ष अघि स्थापना गरिएको मुक्तिनाथ कृषि कम्पनीको लक्ष्यले किसान र उपभोक्ता दुबैको कल्याण हुने देखिन्छ । मुक्तिनाथ कृषिको लक्ष्यलाई सरकारले पनि पूर्ण रुपमा साथ दिनु, सघाउनु जरुरी छ ।

Facebook Comments Box
TOP
235 Shares