पत्रकार महासंघका अशक्षम अध्यक्ष विपुल पोखरेलले दिए राजीनामा
काठमाडौं । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले राजीनामा दिएका छन् ।नेपाली काङ्ग्रेसको भातृ संगठनका नाताले नेपाल पत्रकार महासंघ जस्तो राज्यकै चौथो अंगको प्रतिनिधित्व गर्ने व्यक्तिनै गैर पत्रकार रहेको बताइन्छ । उनै गैर पत्रकारले कृयाशिल पत्रकारलाई समेत पत्रकार महासंघको सदस्य हुनबाट रोक्न अनेक प्रपन्च रचेका बुझिएको छ। नेपालको राजनितीमा पत्रकारहरुको भातृ संगठनका नाममा विभिन्न दलले पत्रकारहरुलाई प्रयोग गरेपनि संस्थाका अभिभावक स्वयं राजनितीक दलका झोला बोकेका कारण पत्रकार महासंघको सा:ख गिर्दै गएको पुर्व पत्रकार महासंघका अध्यक्षहरुले बताउँदै आएका छन। असाध्यै चलाख पोखरेलले दोस्रोपटक पनि पत्रकार महासंघको चुनाव नहुने निश्चित प्रा:य भएपछि राजीनामा दिएका हुन् ।महासंघको निर्वाचन दुई पटक तोकिएपनि हुन सकेको छैन । निर्वाचन हुन नसक्नुका कारणहरुमा पोखरेलले पुनः कार्यतालिका ल्याउन नसक्नु, सदस्यता विवादका लागि बसेको बैठकबाट केही पदाधिकारी बाहिरिनु, केही पदाधिकारीले उपस्थितिमा हस्ताक्षर नगर्नु लगायत औंल्याएका छन् ।‘सिंगो बैठकले सदस्यताको सूचिप्रति अपनत्व जनाउन आनाकानी गर्नुले अब हुने निर्वाचनप्रति पनि सर्व स्वीकार्यता हुने महसुस गरेन,’ पोखरेलले लेखेको राजीनामा पत्रमा भनिएको छ ।सदस्यताको सूचीप्रति एकपक्षले देखाएको व्यवहारप्रति खिन्न भएको पोखरेलले बताएका छन् । ‘यस्तो अवस्थाबाट ममा निर्मित मनोविज्ञान बोकेर यो निर्वाचनलाई सम्पन्न गर्न म समर्थ छैन,’ पोखरेलले राजीनामा पत्रमा भनेका छन्,‘ यी सबै अबस्था आउनुमा मेरो कमजोरीलाई स्विकार गर्दै सबै कुराको नैतिक जिम्मावारी समेत बहन गर्दछु । मेरो मानसिक तनाव र शारिरीक स्वास्थ्य अवस्था समेत सहज रुपमा काम गर्न सक्ने अवस्थामा छैन ।’अध्यक्ष पोखरेलले मानसिक अबस्थाको कुरा गरि रहँदा पत्रकार महासंघनै बन्धक किन बनाईयो ? पोखरेलका कारण देशभरका हजारौं कृयाशिल पत्रकार के अब सबै मानसिक रोगीनै बन्नुपर्ने हो ?यस्तो नाटक आगामी अध्यक्षले नगरुन र पुर्व अध्यक्ष माथी छानबिन हुनु जरुरी देखिन्छ ।
समाज
थप सामाग्रीमेलम्ची पानी आजदेखि आउँदै
October 8, 2024
2.2kViews 176 Shares Share on Facebook Share on Twitter काठमाडौं । मेलम्ची पानी आजदेखि काठमाडौं आउने भएको छ । आज…