सोभित प्रसाईं भन्छन :संगिनाभन्दा जुनियर हो भनेर कसैले प्रमाणित गरेर देखाओस् म राजीनामा दिन तयार छु

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद तालिम तथा प्रशिक्षण विभागको निर्देशकमा केही दिन अगाडि नियुक्त भएका सोभित राज प्रसाईका विषयमा विभिन्न संचार माध्यममा पूर्वाग्रह राखी प्रकाशित भएको समाचारप्रति कुनै सत्यता नभएको प्रसाईले जानकारी गराएका छन् ।
केही संचार माध्यमले पुर्बाग्रह राखेर प्रसाई तेक्वान्दो प्रशिक्षक संगिना बैद्य भन्दा जुनियर भनेर प्रचारबाजी गरेकोप्रति प्रसाईले त्यसलाई प्रमाणित गरेर देखाउन चुनौती दिएका छन् । ‘यदि कोही कसैले संगिनाभन्दा म जुनियर भएको प्रमाण देखाएमा राजीनामा दिन तयार रहेको नव नियुक्त प्रसाईले जानकारी  गराए ।’ प्रसाईले २०४२ सालमा मार्शल आर्ट गेममा कास्य पदक, २०४५ सालमा स्वर्ण, २०४६ सालमा स्वर्ण हासिल गर्दा संगिनाले तेक्वान्दो खेलेकै थिइनन् ।

sobit dai 2.jpg
त्यसैबाट संगिनाभन्दा प्रसाईं सिनियर भएको प्रामाणित हुन्छ । त्यति मात्र होइन प्रसाईले २०५० सालमा सहायक प्रशिक्षक नियुक्त भएर २०५२ सालमा अधिकृतको नियुक्ति पाएका थिए भने संगिना बैद्यले २०५२ सालमै नासुको नियुक्ति पाएकी थिइन् । अहिलेसम्म प्रतियोगिताको नाममा एउटा पदकसम्म हासिल नगरेका प्रचण्ड शर्मा तालिम तथा प्रशिक्षण बिभागको निर्देशक हँुदा संगिना बैद्य उप निर्देशक थिइन् । त्यतिबेलामा संगिनाले बरिष्ठ र कनिष्ठको किन कुरा नउठाएको ? कसैको समाचार राख्दा सत्यतथ्य के हो भन्नेसम्म नबुझी पूर्वाग्रह राखी एकतर्फी समाचार प्रकाशित गर्ने संचारमाध्यमका कारण पछिल्लो समय संचारमाध्यमप्रति नै विश्वसनीयता गुम्दै जाने गरेको छ । सामान्य नागगरिकदेखि लिएर आम खेलाडी प्रशिक्षक खेलप्रेमीहरुले यो समाचारलाई लिएर विशेष चासो देखाएका छन् । निर्देशक प्रसाईको खेलकुद क्षेत्रमा लामो ईतिहास रहेको छ । प्रसाईले १९८९ को दिल्लीमा संचालन भएको दोस्रो साउथ एसियन कराते च्याम्पियनसिपमा ७० केजिमा स्वर्ण पदक प्राप्त गरेको थिए । लगत्तै १९९० मा थाइल्यान्डको बैंककमा भएको अन्तर्राष्ट्रिय आमन्त्रण कराते च्याम्पियनसिपमा ७० केजिमा रजत पदक प्राप्त गर्नुका साथै टिम फाइटमा कास्य पदक प्राप्त गरेका थिए । त्यस्तै २००२ मा जापनमा भएको तेस्रो विश्व कराते च्याम्पियनसिपमा कास्य पदक प्राप्त गरेको थिए । प्रसाईको राष्ट्रियस्तरको त कुरै नगरौं अन्तर्राष्ट्रिय पदकको कुरा गर्ने हो भने करिब २ दर्जन भन्दा बढी पदक प्राप्त गरिसकेको खेलाडी हुन् । प्रसाईं भन्छन् ‘म अरु जस्तो प्रतियोगितामा पदक बिहिन भएर निर्देशक बनेको होइन । मेरो योग्यता र क्षमता देखेरै मलाई राष्ट्रिय खेलकुद परिषदले निर्देशक बनाएको हो । म निर्देशक हुनको लागि कुनै मन्त्री र नेताहरुले प्रेसर दिएको पनि छैनन् । मेरो कार्य क्षमता देखेर  निर्देशक बनाएको हो ।’
प्रसाईं यो भन्दा ५ बर्ष अगाडी नै करातेको छाता संगठन नेपाल कराते महासंघको प्रमुख प्रशिक्षक भई सकेको ब्यक्ती हुन् । प्रसाईं राष्ट्रिय खेलकुद परिषद तालिम तथा प्रशिक्षण बिभागको निर्देशक हुन अगाडि कोशी प्रदेश खेलकुद बिकास परिषदको निर्देशक थिए ।

Facebook Comments Box
TOP
210 Shares