नेप्से साढे ४ प्रतिशतले बढ्यो, परिसूचक २६२३ बिन्दुमा
काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक (नेप्से) मा उच्च अंकको वृद्धि देखिएको छ । नेप्से ४।५७ प्रतिशत (११४.७० अंक)ले बढ्दा परिसूचक २६२३.५६ बिन्दुमा उक्लिएको छ ।
आज कारोबार रकम पनि सोमबारको तुलनामा दोब्बर वृद्धि भएको छ । आज कुल १ करोड ७५ लाख ७ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ६१ करोड ६५ लाख रुपैयाँको कारोबार भएको छ । मंगलबार २४३ कम्पनीको मूल्य बढ्दा एक कम्पनीको मूल्य घटेको र एक कम्पनीको स्थिर रह्यो ।
आज नेप्सेका सबै उपसमूहको सूचक बढेको छ । विशेषगरी फाइनान्स, लगानी उपसमूह, विकास बैंक, जलविद्युत् लगायत उपसमूहमा लगानीकर्ता होमिए ।
मंगलबार १८ कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । थप १८ कम्पनीको मूल्य ९ प्रतिशतभन्दा बढीले उचालिएको छ ।
समाज
थप सामाग्रीमेलम्ची पानी आजदेखि आउँदै
October 8, 2024
2.2kViews 176 Shares Share on Facebook Share on Twitter काठमाडौं । मेलम्ची पानी आजदेखि काठमाडौं आउने भएको छ । आज…