सरकारबाट स्थिती नियन्त्रण हुन सक्तैन तर बाध्यताको सरकार अझै धेरै बर्ष झेल्नै पर्ने छ : बसन्त कुवंर

नेपालमा सरकारसंग जनता जोडिएका छैनन्। सरकारले जनतालाइ मद्दत गर्छ भन्ने बिश्वास पनि छैन। सरकार एक बाध्यता हो र यो संग काम लिनै पर्दछ अलग रहन सकिदैन भन्ने छ तर त्यस प्रति जनताको पटक्कै सम्मान छैन। हरेक क्षत्रमा , म संग सरकार छ वा मेरो सहयोगमा सरकार छ भन्ने आम मान्छेको बिश्वास लगभग हराइ सकेको छ ।सबै सरकार लाइ एक बाध्यता मान्दै अघि बडी रहेका देखिन्छन्।
सरकार चलाउने र आम जनता बिचको खाडलको दुरी निक्कै फराकिलो भै सकेको छ । सरकारमा रहेका ब्यक्तीहरुलाइ लागी रहेको छ मैले सबै कुरा ठिक गरी रहेको छु र जनता लाइ लागी रहेको छ केहि ठीक छैन बरु समस्याको कारणनै सरकार हो ।यॉहा शासक हरुले सोचेझै यतार्थ छैन। त्यो यतार्थ सासन गर्ने पद बाट बाहिर नआइ बुझ्न पनि सकिदैन। नेपालमा क्रमस सबै कुरा प्राइभेटाइजेसन वा पिपुल सरकार साझेदारीमा नगै स्थिती निएन्त्रणमा आउनै सक्तैन। चाहे यातायात ब्यबस्थापन होस्, सडक निर्माण वा ट्राफिक ब्यबस्थापन , क्रमस सरकार बाट बाहिर ल्याउनु पर्दछ । बुद्ध र एती एअर राम्रै छन् नेपाल बायु सेबाको स्थिती हेरौ ? बिजोग छ बुद्ध र यती ब्यक्तीले चलाए । ठिक रह्यो ।सरकारले चलाएको बिजोग छ ।

छॉया सेन्टर र थापाथलीको रोटरी क्लब भए स्थानमा बिदेस जान भिसा हरु एप्लाइ गर्न निजी कंपनिका कार्यालए छन्। त्यॉहा सेबा दिने हरु नेपालि नै छन् तर सेबा लिंदा यस्तो लाग्छ , म बिकसित देसको नागरीक हुं। साह्रै सजिलो र राम्रो संग सेबा पाइन्छ । यस्को कारण हो त्यो सेबा सरकारको होइन प्राइभेट कंपनिले दिएका छन् ।त्यही सेबा लिन सरकारी अफीसमा जॉदा हरीबिजोग छ।

सरकार बाट प्राप्त सेबा बाध्यात्मक छन् र ति सेबा लिन जॉदा अती कष्ट अपमान र झझट सहनु पर्दछ ।तर सासक लाइ लागी रहेको छ म बाट खुब राम्रो सेबा भै रहेको छ। समस्या यही भ्रममा छ।
अब हाइ वे हरुको ब्यबस्थापन पनि सरकार बाट निजी मै आउनु पर्छ ।तलब खाने र सरकारको काम कहिले जाला घाम भन्ने मानसिकतामा बसेर आजको जताको अपेक्षा पुरा गर्नै सकिन्न।

सुरक्षामा पनि बालेनको नगर प्रहरी सरकारको प्रहरी भन्दा कम छैन र निजी सुरक्षा कंपनि हरुको सेबा सरकारको भन्दा कम छैन। केबल उनि हरु संग सरकारको शक्ती छैन तर त्यो शक्ती दिएर हेरे अहिलेको भन्दा मलाइ लाग्छ निक्कै राम्रो काम हुने छ ।मलाइ लाग्छ ट्राफिक ब्यबस्थापन पनि निजी लाइ दिए सरकारको भन्दा निक्कै राम्रो काम हुने छ । अहिलेको समस्या देस सरकारको निएन्त्रणमा छ तर सरकार चलाउने मेसिनरी र स्तर अनि एटीच्युट जनताको अपेक्षा भन्दा धेरै तल र कम छ ।

सरकारी मेसीनरी चाकडी चुप्लुसि डर त्रास एक तह पदोन्नती र राम्रो सरुवाका लागी आदेसमा जागीर खान बाध्य छन्।नेता हरु हरेक एक्सनमा पुन कसरी सत्तामा आउने ? भन्ने हिसाब किताबमा काम गरी रहेका छन्। यस्तो अबस्थामा जनता ले सुख पाउने कुरै आउदैन ?
जॉहा निजी कंपनि ले छोयो राम्रो राम्रो भै रहेको छ जॉहॉ सरकाले जिम्मा लियो . …….खतम ।
तर नेपालमा अझै धेरै बर्ष बाध्यताको सरकार झेल्नुको बिकल्प छैन। नेपाल सानो तिनो ब्यबस्थापकिए परीबर्तन र अनुहार को फेराइले होइन निक्कै ठुलो कदम हरुले मात्र माथि जान सक्छ ।यस ब्यबस्था र स्थितीमा त्यस्ता कदम संभबनै छैन , मतलब बाध्यताका सरकार हरु खेपेर बॉच्न, नेपालि हरु अझै धेरै बर्ष धेरै पुस्ता
तयार रहनु पर्दछ ।

मैले भनेको परीबर्तन वा कदम आतंकबाद, बिद्रोह, सडक संघर्ष वा अहिलेको जस्तो चुनाब पद्धती बाट आउन सक्तैन , यस्का लागी सरकार बाट जनतामा सेबा दिने काम सार्नु पर्ने छ र अन्तराष्ट्रीए ब्यापारमा नेपाल लाइ जोड्ने काम गर्नु पर्ने छ।जागीरे र अगुवा पछुवामा रमाइ रहेका नेता हरु बाट यो काम हुनै सक्तैन।

Facebook Comments Box
TOP
490 Shares