हवाई भाडादर घटाउन सरकारलाई आग्रह गर्ने कांग्रेसको निर्णय

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलले हवाई भाडादर घटाउन सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ । मंगलबार नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा कांग्रेस संसदीय दलको बैठकले नागरिकलाई सुरक्षित घर पुराउन सरकारसँग अनुरोध गर्ने निर्णय गरेको हो ।

यस्तै बैठकले राहत तथा उद्धारलाई तीव्रता दिन सरकारलाई अनुरोध गर्ने निर्णय गरेको कांग्रेसले जनाएको छ ।

Facebook Comments Box
TOP
298 Shares