काठमाडौं सिडीयो कार्यालयमा ‘धमिरा; कर्मचारीको विगविगी ! नागरिकता लिन पुगेका सेवाग्राहीलाई सास्ती ?
काठमाडौं । जिल्ला प्रशासन कार्यालय त्यो जिल्लाको सरकारी कार्यालयको हेड । जिल्लाभरीका सरकारी, अर्धसरकारी तथा नीजि क्षेत्रबाट समेत भए गरेका ढिलासुस्ती, अनियमितता एवम् गैरक्रियाकलाप बारे चेकजाँच गरी आवश्यक कारवाही गर्ने अख्तियारी पनि जिल्ला प्रशासन कार्यालय अर्थात् सिडीयो अफिसलाई छ । तर, त्यही कार्यालयबाट सेवाग्राहीले हैरानी बेहोर्नु पर्यो भने नि ? त्यसमा पनि राजधानीकै सिडीयो कार्यालयबाट ?
प्रसंग हो, काठमाडौं सिडीयो कार्यालयमा नागरिकता बनाउन पुगेका सेवाग्राहीले भोग्नु परेको तितो यथार्थ । काठमाडौं सिडीयो कार्यालयको अन्य शाखामा सेवाग्राहीमाथि त्यती हैरानी भए-नभएको अनुसन्धानकै क्रममा छ, तर नयाँ नागरिकता शाखामा भने सेवाग्राहीलाई सास्ती दिन ‘धमीरा’ कर्मचारीको गिरोह नै सक्रिय छ । नागरिकता फाँट अन्तर्गतको झ्याल नम्बर १०२, १०३, १०४ र १०५ मा कार्यरत कुनै पनि कर्मचारी सेवाको भावनाबाट अलिकति पनि ओतप्रोत भएका देखिन्नन् । उनीहरुको बोली र व्यवहार सेवाग्राहीलाई सियोले घोचेजस्तो लाग्छ । यसरी, त्यसरी, जसरी पनि दुखै दिने उनीहरुको नियत बुझीनसक्नु छ । त्यसमा पनि १०५ नम्बर झ्यालको कमाण्ड गरेका प्रशासकिय अधिकृत उपेन्द्र शाहको त बोली ‘सुकुम्बासी टोल’मा बस्नेको भन्दा कम छैन । उनको हेपाहा प्रवृत्तिले सेवाग्राही निराश बन्न पुग्छन् । प्रशासकिय अधिकृतकै छुद्रशैलीको बोलीले सेवा लिन जाने जोकोही अमिलो मन गरेर फर्कनु पर्ने हुन्छ ।
प्रशासकिय अधिकृत शाह मात्रै होइनन्, झ्याल नम्बर १०२, १०३ र १०४ का कर्मचारीको पनि शैली उस्तै हो । यसरी, त्यसरी, जसरी सेवाग्राहीमाथि खोट मात्रै देखाउने । दलालसँग सेटीड्गमा आएका काम बाहेक अरु सामान्य ढंगबाट आएका काम उनीहरुबाट दोष र खोट मात्रै लगाउने गरिन्छ । कुनै विषयमा सेवाग्राहीले आफूलाई परेको मर्कामाथि बहस गर्न थाल्यो भने १०१ देखि १०४ सम्मका कर्मचारी एकगठ्ठा हुने र एक स्वरमा सेवाग्राहीलाई निरुत्साहित पार्ने गर्छन् । स्वत हुने र मिलाउँदा मिलाउने काम समेत तिललाई पहाड बनाएर पन्छाउने काम नागरिकता फाँटका ‘धमिरा’कर्मचारीबाट हुने गरेको पाइन्छ । झण्डै एक हप्ता लामो सुक्ष्म निगरानीका क्रममा थुप्रै ‘धमिरा’ कर्मचारीबाट भएका गलत क्रियाकलाप एवम् सेवा लिन आएका सेवाग्राहीको गुनासो हाम्रा सम्वाददाताले फेला पारका छन् । त्यसको अनुसन्धान पनि हुँदैछ ।
समाज
थप सामाग्रीठमेलको छाया सेन्टरको विवादमा फैसला सुनाउँदै सर्वोच्च
December 9, 2024
1.3kViews 330 Shares Share on Facebook Share on Twitter काठमाडौँ । सर्वोच्च अदालतले काठमाडौँको ठमेलस्थित कमलपोखरी ( छायादेवी कम्प्लेक्स /…