समाचार प्रभाव : बालाचतुर्दशीमा भक्तजनसँग चर्काे रकम असुल्दै ,कसको इशारामा के गर्न खोजेको हो पशुपति क्षेत्र विकाश समितिले ?
भोली बालाचतुर्दशी ! पितृजनका नाममा शतबिज छर्ने दिन । जो जसका बाबुआमा वा नजिकका आफन्तजनको निधन भएको छ, उनीहरुका नाममा देशभरीका शिवालयमा त्रयोदशीका दिन राती बत्ति बालेर रातैभरी जाग्राम बसेर भोलीपल्ट विहानै अर्थात् बालाचतुर्दशीका दिन शतबिज छर्ने चलन छ । खासगरी पशुपतिनाथको कैलाश डाँडामा अघिल्लो दिन चोखीनिष्ठ भै बसेर आफ्ना सन्तानले रातैभरी बत्ति बालेर भोली पल्ट विहान कैलाश डाँडाबाट सुरु गर्दै गुहेश्वरी हुँदै मृगस्थली वरपर अर्थात् पशुपतिनाथ परिसरमा छरेको शतबिज आफ्ना स्वर्गबाश भएका पितृजनले पाउने मान्यता छ । त्यसैले बालाचतुर्दशीलाई पितृजनको स्मरणका रुपमा महत्वमा साथ मानिन्छ ।
तर, कहीँ नभएको जात्रा हाँडीगाउँमै भनेजस्तो आजका दिनसम्म नभएको र नगरिएको नियम यस पटक पितृजनका नाममा शतबिज छर्न आउने भक्तजनमाथि जनही २१ सय रकम असुल्ने पशुपति क्षेत्र विकाश कोष समितिको निर्णय विवादीत बनेको छ । राजधानीमा होटलमै बाश बस्दा पनि सस्तोमस्तो कोठा भेटिन्छ तर, त्यहा खुला आकाशमुनी आफ्ना पितृजनको स्मरणमा बत्ति बाल्न र भोलीपल्ट शतबिज छर्न बसेका भक्तजनसँग महंगो रकम असुल्ने पशुपति क्षेत्र विकाश कोष समितिको यो निर्णय लज्जास्पद छ । यदी धर्म, संस्कृती एवम् परम्परामाथि प्रहार गर्न कोही कसैको इशारामा पशुपति क्षेत्र विकाश कोष समितिले खोजेको होइन भने शतबिज छर्न आउने भक्तजन माथि लगाइएको कर तत्काल खारेज गरियोस् । अन्यथा, यस पटकको यो निर्णय भविष्यसम्म समितिका पदाधिकारी एवम् सदस्यमाथि कलंकको रुपमा रहिरहनेछ ।
यहीबीच, पशुपतिनाथको दर्शनार्थ आउने भक्तजनलाई फोटो नखिच्न सूचना चौतर्फी गरिएको छ । बिहीबार त उक्त सूचना लाउड स्पिकरको माध्यामबाट पनि भक्तजनलाई शतर्क तुल्याइएको छ । यदी उक्त सूचना पालना गराउने हो भने मोवाइल फोन, क्यामेरा राख्ने स्टलको पनि व्यवस्था हुनु पर्ने गुनासो भक्तजनले गरेका छन् । ‘भारतका प्रसिद्ध तिर्थस्थल, देवस्थलमा पनि मोवाइल, क्यामेरा, लगायतका बहुमुल्य समान डिपोजिट गराएर त्यसको कुपन दिने चलन छ । त्यस्तो चलन पशुपतिनाथमा किन चलाउन सकिएको छैन ?’ भक्तजनको प्रश्न छ ।
शतबिज छर्न चाहाने भक्तजनसँग रकम असुल गर्न खोजीएको विषयलाई लिएर पशुपति क्षेत्र विकाश कोषका जिम्मेवार व्यक्तिसँग सम्पर्क गर्दा उक्त रकम पूजा गराउने पण्डीत लगायत पूजा सामाग्रीका लागि भएको बताइयो । तर, यस बारेमा भक्तजनको गुनासो भने बेग्लै छ । ‘बाहिरका पण्डीतलाई प्रवेशमा रोक लगाउने गरी त्यहीँका पण्डीतबाट कमिशन लिने गरि मिलोमतोमा सिण्डीकेट तय गरिएको हो । २-४ सयको पूजा सामाग्रीलाई २१ सय कसरी पर्छ ?’ भक्तजनको आक्रोशयुत्तक्त गुनासो छ ।
समितिले छिटो भन्दा छिटो मोवाइल, क्यामेरा लगायतका बहुमल्यका सामाग्री निशुल्क राख्ने विषयलाई गम्भीरताका साथ हेर्ने जानकारी दिएको छ ।
समाज
थप सामाग्रीगृहमन्त्री रमेश लेखक द्वारा शान्ति सुरक्षा सुदृढ गर्न कुनैपनि सम्झौता नगर्न मातहतका निकायलाई निर्देशन
December 9, 2024
1.4kViews 229 Shares Share on Facebook Share on Twitter सुर्खेत । गृहमन्त्री रमेश लेखकले शान्ति सुरक्षा सुदृढ गर्न कुनैपनि सम्झौता…