नयाँ शक्ति र अनुहार हाम्रै कमजोरीले जन्मिएका हुन्, स्वीकार गरौंः प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्‍पकमल दाहाल प्रचण्डले जनताको अभिमत पाएर उदाएका नयाँ अनुहारलाई स्वीकार गर्नु पर्ने बताएका छन् ।

प्रचण्डले शनिबार सामाजिक सञ्जालमार्फत नयाँ शक्ति र अनुहार आफूहरुकै कमजोरीको जगमा उदाएकाले उनीहरुलाई स्वीकार गर्नुपर्ने बताएका हुन् ।

‘जनताको अभिमत लिएर आएका नयाँ अनुहारलाई मैले लोकतन्त्ररुपी बगैंचामा फूलेका सुन्दर फूल भन्दै आएको छु’, उनले भनेका छन्, ‘लोकतान्त्रिक प्रक्रिया अवलम्बन गर्दै पुराना भनिनेहरुको कमजोरीको जगमा जन्मेका नयाँ शक्ति र अनुहारलाई सरापेर हैन, आफ्ना कमजोरीलाई स्वीकार गरेर मात्र पुरानाहरुले आफूलाई रुपान्तरण गर्न संभव छ।’

Facebook Comments Box
TOP
257 Shares