लामिछाने दम्पतीको २१ करोडको बैंकिङ कारोबार, स्रोत खोज्दै प्रहरी
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र उनकी पत्नी निकिता पौडेलको बैंक खाताको विवरण प्रहरीले संकलन गरेको छ । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धानको लागि प्रहरीले उनीहरुले बैंक खाताको विवरण संकलन गरेको हो । सूर्यदर्शनको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका लामिछानेविरुद्ध प्रहरीले सम्पत्ति शुद्धीकरण मुद्दामा पनि अनुसन्धान गर्न भन्दै अदालतबाट म्याद लिएर थुनामा राखेको छ । प्रहरी उच्च सोर्तका अनुसार रवि र निकिताले करिब २१ करोड बराबरको रकम बैंक मार्फत कारोबार गरेको फेला परेको छ । रविले ग्लोबल आइएमी बैंकमार्फत ८ करोड २६ लाख ९९ हजार र सिद्धार्थ बैंकमा २ करोड १० लाखको कारोबार गरेका हुन् । निकिता पौडेलले नेपाल बैंक लिमिटेड र सिद्धार्थ बैंक मार्फत कारोबार गरेको भेटिएको छ । सो रकम उनीहरुले २०१२ भन्दा पछि कारोबार गरेका हुन् । जिल्ला प्रहरी कार्यालय पोखरा र केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएका अनुसन्धान अधिकृतहरूले उनीहरूको सम्पत्तिको स्रोत खोजीरहेका छन् । अनुसन्धानमा संलग्न एकजना अधिकृत भन्छन्, ‘करिब २१ करोड रकमको स्रोत खोज्दै छौँ ।’सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा आरोपीको एकाघरका परिवारको सम्पत्तिबारे अनुसन्धान गर्न मिल्ने कानुनी व्यवस्था छ ।
समाज
थप सामाग्रीगृहमन्त्री रमेश लेखक द्वारा शान्ति सुरक्षा सुदृढ गर्न कुनैपनि सम्झौता नगर्न मातहतका निकायलाई निर्देशन
December 9, 2024
1.2kViews 229 Shares Share on Facebook Share on Twitter सुर्खेत । गृहमन्त्री रमेश लेखकले शान्ति सुरक्षा सुदृढ गर्न कुनैपनि सम्झौता…