सन् २०१७ मा भएको एमओयूकै सेरोफेरोमा बीआरआईमा सम्झौताहरू हुन्छन्ः परराष्ट्रमन्त्री
काठमाडौँ । परराष्ट्रमन्त्री डा.आरजुराणा देउवाले बेल्ट एन्ड रोड इनिसिएटिभ बीआरआई०मा भएको समझदारी अनुसार नै नयाँ सम्झौताहरू हुने बताइन् । चीन भ्रमणबाट फर्केपछि अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै परराष्ट्रमन्त्री राणाले बीआरआईमा सन् २०१७ मा एमओयू भएको स्मरण गर्दै सोही सेरोफेरोमा रहेर सम्झौताहरू हुने बताएकी हुन् ।
‘मुख्यतः बीआरआईमा इन्टरकनेक्टिभिटीमा रहेर विकासका कामहरू अगाडि बढ्ने र इन्टरकनेक्टिभिटीका मोडेल कस्ता कस्ता हुने त्यसमा दुई दलको बिचमा सहमति भएको हो,’ उनले भनिन्, ‘तपाईँहरूलाई थाहै छ नेपाली काँग्रेसले सरकारमा सहभागी हुनुभन्दा अगाडि नै बीआरआई अन्तर्गत ऋण नलिँदा नै राम्रो हुन्छ भनेको यो कुरा सरकारका साझेदारलाई पनि थाह छ ।’
चीनका जारी रहेका पुराना आयोजना र नयाँ आयोजनाहरूलाई कसरी बीआरआई अन्तर्गत अगाडि बढाउने त्यसमा छलफल भएको बताउँदै उनले दोस्रो रिङरोड, हिल्सा सिमिकोट सडक, अरनिको राजमार्गलाई बीआरआई अन्तर्गत राखेर बनाउने चीनले पहिला नै घोषणा गरिसकेको बताइन् ।
टोखा छहरे सुरुङ मार्ग, सीमा नाकालगायतका आयोजना नयाँ ढङ्गले अगाडि बढाउने बताउँदै उनले यी सबै विषयमा दुई दलको बिचमा सहमति भइसकेको बताइन् ।
नेपाली राजनीतिको इतिहासमा पहिलो पटक यसरी दलहरू कुनै विषयमा बसेर अक्षर अक्षर केलाएर छलफल गरि सहमति गरेको उनले बताइन् ।
समाज
थप सामाग्रीठमेलको छाया सेन्टरको विवादमा फैसला सुनाउँदै सर्वोच्च
December 9, 2024
1.3kViews 330 Shares Share on Facebook Share on Twitter काठमाडौँ । सर्वोच्च अदालतले काठमाडौँको ठमेलस्थित कमलपोखरी ( छायादेवी कम्प्लेक्स /…