८ जना डिआइजीको पदस्थापन
काठमाडौं ।गृह मन्त्रालयले नेपाल प्रहरीको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)बाट प्रहरी नायब महानिरीक्षक (डिआइजी)मा बढुवा भएका ८ जनाको पदस्थापन गरेको छ।
बिहीबार मन्त्रीस्तरीय निर्णयबाट ८ डिआइजीको पदस्थापन भएको प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ।
सो अनुसार डिआइजी ध्रुवराज राउतलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी खटाइएको छ।
त्यस्तै डिआइजी भोलाबहादुर रावललाई गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा पदस्थापन गरिएको छ। बिहीबारकै निर्णयबाट त्यहाँका डिआइजी दुर्गा सिंहलाई प्रहरी प्रधान कार्यालय सरूवा गरिएको थियो।डिआइजी गणेश चन्दलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, डिआइजी सिद्धीविक्रम राणालाई प्रहरी प्रधान कार्यालयको विशेष ब्युरो, डिआइजी सुशिलसिंह राठौरलाई प्रहरी प्रधान कार्यालयको आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालयमा खटाइएको छ।त्यस्तै डिआइजी उमाप्रसाद चतुरवेदीलाई प्रहरी प्रधान कार्यालय, डिआइजी हिमालय कुमार श्रेष्ठलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग र डिआइजी डम्बरबहादुर प्रहरी प्रधान कार्यालयबाट साइबर ब्युरोमा काज खटाइएको छ।
समाज
थप सामाग्री-
हरैंचामा हात्तीको आक्रमणबाट वृद्धको मृत्यु
-
यू-१९ महिला विश्वकपः नेपालद्वारा बंगलादेशलाई ५३ रनको लक्ष्य
-
यू १९ महिला विश्वकपः बंगलादेश विरुद्ध नेपाल ब्याटिङ गर्दै
-
बक्स अफिसमा कंगनाको ‘इमर्जेन्सी’ को कमजोर प्रदर्शन
-
इजरायली मन्त्रिपरिषद्द्वारा गाजामा युद्धविराम सम्झौतालाई अनुमोदन, आइतबारदेखि लागू हुने
अमेरिकामा कहिलेदेखि बन्द हुन्छ टिकटक ?
January 18, 2025
1.0kViews 297 Shares Share on Facebook Share on Twitter वासिङ्टन डिसी । चिनियाँ कम्पनी टिकटकले अमेरिकी सरकारले कुनै कदम नउठाए…