केआईआईटी विश्वविद्यालयले भन्यो– थप अप्रिय घटना हुन नदिन विद्यार्थीलाई नेपाल पठाइएको हो

काठमाडौँ । भारतको उडिसा राज्यको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी केआईआईटी विश्वविद्यालयले थप अप्रिय घटना हुन नदिन नेपाली विद्यार्थीलाई नेपाल पठाइएको बताएको छ । विश्वविद्यालय विज्ञप्ति जारी गर्दै विद्यार्थीहरूलाई क्याम्पसमा फर्कन प्रोत्साहित गरिने भन्दै उनीहरूको शैक्षिक पक्षलाई बाधा नपुर्याउने जनाएको छ ।
केआईआईटी विश्वविद्यालयको होस्टलमा एक नेपाली छात्राले आत्महत्या गरेकी छन् । मृतक छात्रा रुपन्देहीको प्रकृति लम्साल रहेको बताइएको छ । लम्सालले आत्महत्या गरेपछि उक्त कलेजमा नेपाली विद्यार्थीले विरोध प्रदर्शन गरेका थिए । कलेज प्रशासनले विरोध प्रदर्शनमा उत्रिएका नेपाली विद्यार्थीलाई होस्टेलबाट निकालेको भारतीय सञ्चारमाध्यमले जनाएका थिए । केआईआईटीका रजिस्ट्रारका अनुसार बी–टेक तृतीय वर्षमा अध्ययनरत नेपाली छात्राले आइतबार होस्टेलमै आत्महत्या गरेकी हुन् ।
केआईआईटी विश्वविद्यालयका अनुसार एक छात्रसँग प्रेम सम्बन्ध रहेको र जसले गर्दा यो घटना घटेको हो । छात्रलाई प्रहरीले समातेर हिरासतमा राखेको विश्वविद्यालयले जनाएको छ ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री
विदेशमा रहेकाहरु विश्वास गर्ने,यता आफन्त दलालीसँग मिलेर फसाउँदै
१ दिन अगाडि
1.9kViews 464 Shares Share on Facebook Share on Twitter गाउँदेखि शहरसम्मका मानिसहरु विदेशमा छन्। रोजगारीको खोजीमा खाडीलगायत विभिन्न देश पुगेका…