अशोक गोयलको चलखेल फेरि पनि सहकारी ठगीतिरै : एअरटेल सहकारीका पिडीत वचतकर्तालाई ख्वै न्याय ?

न्यूरोडस्थित एयरटेल बचत तथा ऋण सहकारीसंस्था लिमिटेडका बचतकर्ता फेरि पनि ठगीएका छन् । न्यायलयको आदेशलाई घुमाएर चलखेलमा लागेका उक्त सहकारीका प्रमुख हर्ताकर्ता एवम् आफ्नै परिवारद्धारा सञ्चालन गरिएको एयरटेल सहकारीका प्रवन्ध निर्देशक भनिएका अशोक गोयलले गैरकानूनी तरिकाले फेरि पनि सहकारीको रकम दूरुपयोग गरिरहेको पाइएको छ । यसअघि सहकारी ठगीमा २ वर्ष कैद सजाय भोगेर निस्केका अशोक गोयल लगायत सञ्चालकलाई न्यायलयले सहकारीले प्रवाह गरेको ऋण असुल गरी वचतकर्तालाई फिर्ता गर्न आदेश दिए पनि उक्त आदेशलाई घुमाएर ठगका नाइके गोयलले असुल भएको रकम आफ्नो स्वच्छा अनुसारका व्यक्तिलाई फिर्ता गरेको पाइएको छ ।
काठमाडौँ जिल्ला अदालतको ठगी तथा संगठित अपराधजन्य मुद्दा न ०७५÷८१÷११७० को फैसला ०७७ फागुन १७ मा सहकारीका प्रवन्ध निर्देशक अशोक गोयल जैनसमेत दोषी ठहरिएका थिए । उक्त फैसलामा अशोक गोयल जैन निजकै श्रीमती सुमन केडिया सञ्चालिका र छोरी महेक गोयलसमेतलाई दोषी ठहर गरी अदालतबाट २५ करोड ४१ लाख ४० हजार ७ सय ७ रुपैयाँ सहकारीलाई फिर्ता गरी सहकारीलाई ६ महिना भित्र पुनर्जीवन दिन आदेश गरिएको थियो । उक्त मुद्दालाई उच्च अदालतले पनि सदर गरेको थियो ।
न्यायलयले गरेको आदेशअनुसार सहकारीलाई पूनर्जिवन दिने नाममा २०८० मंसिर १८ गते अशोक गोयलले आफ्नै नेतृत्वमा सहकारीको तदर्थ समिति गठन गरेका थिए । सहकारी ठगीमा दोषी ठहर भई कैद समेत बसेको व्यक्तिको नेतृत्वमा तदर्थ समिति गठन गर्न नमिल्ने कानूनको समेत खिल्ली उडाउँदै गोयलले यसअघिका सहकारीका सदस्यलाई समेत वाईपास गर्दै आफूखुसी केही भाडावाललाई सदस्यका रुपमा उभ्याएको पिडीतले गुनासो गर्दै आएका छन् ।
यहीबीच, न्यायलयले सहकारीसँग कारोबार गरेका ऋणीसँग रकम असुल गरी न्यायलय गुहारेका बचतकर्ताको रकम फिर्ता गर्न दिएको आदेशलाई घुमाउरो पाराले एयरटेल सहकारीका हालका अध्यक्ष अशोक गोयलले फेरि ठगी गर्ने योजना अनुसार अघि बढ्न थालेपछि पिडीतहरु आक्रोसित भएका छन् । आफूखुसी सहकारी संस्थाका नाममा बैंक खाता सञ्चालन गर्दै अशोक गोयलले आफूले चाहेअनुसारका व्यक्तिलाई असुल भएको रकम फिर्ता गरेको देखाएका छन् । वास्तविक पिडीत जसको बचत रकम फिर्ता गर्न न्यायलयले ६ महिनाको म्याद दिएको थियो ती पिडीत भने आदेश भएको ५ वर्ष पुगिसक्दा पनि आफ्नो सहकारीमा फसेको रकम फिर्ता पाउने हो होइन अन्योलमै छन् ।
प्राप्त समाचारअनुसार राष्ट्रिय सहकारी बैंकमा नयाँ खाता सञ्चालनमा ल्याएर सहकारीका हर्ताकर्ता अशोक गोयलले केही चेक मार्फत असुल भएको दुई करोड नब्बे लाख भन्दा बढी रकम मध्य २ करोड ८४ लाख भन्दा केही बढी रकम आफ्ना आसेपासेलाई फिर्ता गरेको भन्दै हेटांैडास्थित बाग्मती प्रदेश सहकारी तथा गरिवी निवारण मन्त्रालयलाई पत्राचार गर्दै जानकारी गराएका छन् । उक्त पत्रअनुसार ऋणीहरु विणा कुमारी कनौडीया, पुरुषोत्तम अग्रवाल, निकिसा महर्जन, सविना वाग्ले र सिमा अग्रवाल बाट २ करोड ९० लाख ६४ हजार दुई सय सन्तानब्बे रुपैया असुल भएको जनाइएको छ । त्यस्तै असुल भएको रकम जितेन्द्र अग्रवाल, अमित गर्ग, शिखा गर्ग, तुसार मित्तल अग्रवाल, सोनु अग्रवाल, आसन अग्रवाल, जितु अग्रवाल, अन्जु कुमारी अग्रवाल, प्रमोद कुमार अग्रवाल, विनय अग्रवाल, सुरेश कुमार अग्रवाल, सुनिता अग्रवाल, सिताराम अग्रवाल, सुसन गर्ग, विवेक गर्ग, मोहमद मुमताज आलमलाई दुई करोड चौरासी लाख एकहत्तर हजार ११८ रुपैया वचत फिर्ता गरेको जनाएको पत्रमा उल्लेख छ । जवकी, न्यायलयले ६ महिनाभित्र ऋणीबाट असुल गरी वचत फिर्ता गर्न आदेश दिएका मध्येका यी कुनै पनि नाम होइनन् । यसैले पनि अशोक गोयल फेरि सहकारीकै नाममा ठगी गर्न उद्यत देखिन्छन् भन्ने पुष्टि हुन्छ । गत वर्ष बागमती प्रदेश सहकारी तथा गरिवी निवारण मन्त्रालयले एयरटेल सहकारीमाथि छानविन गर्न गरेको पत्राचार अनुसार अनुसन्धान भइरहेको अवस्थामा फेरि ठगी नै गर्ने उद्देश्यका साथ चलखेलमा लागेका अशोक गोयलमाथि यस बारेमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले कारवाही प्रक्रिया अघि बढाउला कि ?
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री
आज बैशाख १० गते बुधबारको राशीफल : पाथीभरा माताले रक्षा गरुन
अप्रिल 23, 2025
3.8kViews 228 Shares Share on Facebook Share on Twitter मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- स्वास्थ्य सुदृढ…