आज चैत ६ गते बुधबारको राशीफल : पाथीभरा माताले रक्षा गरुन

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- लामो समयदेखि रोकिएको काम बन्नेछन् । आम्दानीमा कमी हुने छैन, नसोचेको ठाउँबाट धन आउने दिन छ । आजको दिन तपाइँको आयआर्जन सन्तोषजनक रहनेछ, पारिवारिक समस्या पनि बढ्ने देखिन्छ । रुचिका विषयमा लगानी बढाउने समय छ, नसोचेको ठाउँबाट आम्दानी हुने दिन छ ।
वृष इ, उ, ए, ओ, वा, वि, वु, वे, वो- साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । मन त्यसै त्यस्तै फुरुङ्ग हुने समय छ, धनको लाभ हुनेछ । काममा जोश र जांगर आउनाले मन प्रफुल्ल होला, सेयर बजारका काममा पनि सफलता मिल्न सक्छ । व्यापार व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला, आर्थिक लाभ हुने दिन छ ।
मिथुन का, कि, कु, घ, ङ, छ, के, को, हा- काममा आलस्य जाग्ने र खर्चको मात्रा बढ्ने देखिन्छ, भने कसैसँग मनमुटाव हुन सक्छ । वादविवादमा पर्न सकिन्छ, एकदमै सावधान रहनु होला । अनायासै रुपैया पैसा पनि क्षति हुने दिन छ । आफ्नै कमजोरीले विवादमा परिने योग छ, सचेत रहनुहोस् । साथै, मनमा पीडाले पनि सताउने छ ।
कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो- श्रमको उचित मूल्यांकन हुनेछ । तर काममा ढिलाइ भइ सोचेको काम नबन्न सक्छ । काम तथा नोकरीमा झमेलाको सामना गर्नुपर्ने दिन छ, तर व्यापारमा भने लाभ मिल्ला । कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ, मान सम्मान पनि पाइएला ।
सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे- पारिवारिक आवश्यकता पूर्ति होला । घर परिवारमा राम्रो सम्बन्ध बन्नेछ, दिन मनोरन्जनका साथ बित्नेछ । सोचेको काम बन्नाले मन हर्षित हुन्छ, मान्यजनको आगमन पनि हुन सक्छ । स्वादिष्ट भोजनको आनन्द पाइएला । आफन्त र मित्रहरूसँग भेटघाट र रमाइलो गरिने छ ।
कन्या टो, पा, पि, पु, ष, ण, ठ, पे, पो- आम्दानीको स्रोत समेत बढ्नेछ । वाहन, चौपाया, आधीको कामबाट फाइदा हुने देखिन्छ । नोकरि तथा राजनीतिमा गरेका प्रयासहरू फलदायी रहनेछन् । सामान्यतया दिन ठीकै छ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । पारिवारिक सुख समृद्धिमा वृद्धि हुनेछ ।
तुला रा, रि, रु, रे, रो, ता, ति, तु, ते- स्वास्थ्य कमजोर रहनाले काम गर्न नसकिएला, नसोचेको ठाउँमा धनको नाश हुने दिन छ । स्वास्थ्यमा गडबडीको संकेत गर्दैछ, खानपिनमा एकदमै सावधान रहनु होला । सानातिना काम र घरेलु समस्यामा अल्झनु पर्ने देखिन्छ । भौतिक साधनको क्षति हुने दिन छ ।
वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु- पितृधनको उपयोगबाट विशेष फाइदा होला । केही अधुरा काम सम्पन्न हुनेछन्, पढाइमा मन जानेछ । काममा सहयोगी साथीभाइहरूले राम्रो साथ दिनेछन्, खेतीपातीको कामबाट राम्रो लाभ लिन सकिन्छ । नयाँ जिम्मेवारी पाइएला । दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन्, रोकिएका कामहरू बन्ने दिन छ ।
धनु ये, यो, भा, भि, भु, धा, फा, ढा, भे- आफुले सोचेभन्दा बढी नै लाभ हन्छ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ । तपाइँका प्रशंसा गर्नेहरू बढ्नेछन्, व्यापार व्यवसायबाट पनि प्रशस्त फाइदा हुने देखिन्छ । व्यवसायिक काममा राम्रै फड्को मार्न सकिनेछ, साथै धन लाभ पनि हुनेछ ।
मकर भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि- खर्च लागेपनि लामो यात्रा गर्ने अवसर जुट्न सक्छ । सानो प्रयासले रोकिएको काम बन्नेछ । टाढाको यात्राबाट धन प्राप्त हुने दिन छ, आफन्तजनको सहयोग पनि प्राप्त हुनेछ । अवसर आएपनि विचार मात्र नयाँ काम सुरु गर्नु होला, कतै टाढाको यात्राको संभावना छ ।
कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, दा- अहिलेको समस्या तत्काल समाधान नहुन सक्छ, केही रुपैया पैसा भने खर्च गर्नुपर्ने छ । भौतिक साधनको क्षतिले गर्दा खर्च हुने दिन छ, शरीरमा सामान्य रोगले पनि सताउन सक्छ । स्वास्थ्यगत कमजोरीले सताउला, मनमा घरायसी पीडाले डेरा जमाउन सक्छ ।
मीन दि, दु, थ, झ, ञ, दे, दो, चा, चि- टाढिएका आफन्तको यादले पिरोल्नेछ । अन्य कुरामा सुखले साथ दिनेछ, समयको भने बचत गर्नुहोला । तपाइँले चिताएको काममा सफलता नमिल्न सक्छ, साथीभाइहरू रुष्ट हुनेछन् । प्रतिस्पर्धामा केही कमजोर सावित भइएला, चिताएको काम पुरा नहुन सक्छ ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री
आज बैशाख १० गते बुधबारको राशीफल : पाथीभरा माताले रक्षा गरुन
अप्रिल 23, 2025
3.8kViews 228 Shares Share on Facebook Share on Twitter मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- स्वास्थ्य सुदृढ…