भान्साबाट सल्केको आगोले घर ध्वस्त

धनकुटा, चैत ६ गते । खाना पकाउने क्रममा धनकुटाको चौबिसे गाउँपालिका –१ मा भान्साबाट सल्केको आगोले एक घर जलेर नष्ट भएको छ । वडा नम्बर छ बुधबारे मुक्तरास्थित का भिमबहादुर सुर्जे मगरको भान्साघरमा लागेको आगोले घर र भान्साघरसहित नगद १० हजार सहित पाँच लाख बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

स्थानीयका अनुसार बेलुका करिव ६ बजे आगलागी भएको थियो । अहिले पीडित परिवारको बस्ने र खाने ठाउँ समेत नभएकाले छिमेकी राम मगरको घरमा गएर बसिरहेको वडा अध्यक्ष देबेन्द्र क्षेष्ठले जानकारी दिनुभयो ।

Facebook Comments Box
TOP
189 Shares