वीरगञ्जको जनजीवन सामान्य हुँदै

वीरगञ्ज । वीरगञ्ज महानगर क्षेत्रमा हनुमान् जयन्तीको शोभायात्राको क्रममा दुई समुदायबिचको विवादले गत शनिबारदेखि उत्पन्न तनाव क्रमशः मत्थर हुँदै गएको छ । वीरगञ्जमा सामाजिक र सम्प्रदायिक सद्भाव कायम गर्न स्थानीय प्रशासन, राजनीतिक दल तथा समाजका हरेक क्षेत्रको प्रयाससँगै स्थानीय जनताको सहयोग एवं सुझबुझका कारण नगरको अवस्था सामान्य भएको हो ।
बुधबारको सर्वदलीय बैठक, मुलुकका उच्च पदस्थ एवं प्रतिष्ठित व्यक्ति वीरगञ्ज महानगरका ३२ वटै वडाका अध्यक्ष, धार्मिक सङ्घसंस्था, वीरगञ्ज उद्योग वाणिज्य सङ्घलगायत नागरिक समाज र अन्य क्षेत्र वीरगञ्जमा सामाजिक सद्भाव कायम गर्न अनुरोध भएको थियो ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सबै क्षेत्रको साथ, सहयोग र सद्भावनाका कारण नगरको अवस्था सामान्य हुँदै गएको बताउँदै शान्तिसुव्यवस्था कायम गर्न सक्रिय भूमिका निर्वाह गर्नुभएका सबैमा हार्दिक कृतज्ञता ज्ञापन गरेका छन् ।
वीरगञ्जलाई गत चैत ३० अघिकै अवस्थामा ल्याउने प्रयास जारी भएको बताउँदै उनले गत सोमबारदेखि जुलुस, प्रदर्शनलगायत गतिविधिमाथि लगाइएको प्रतिबन्ध शीघ्र हटाइने जानकारी दिए ।रासस
समाज
थप सामाग्री-
राज्यको ढुकुटी रित्तो,कर्मचारीहरु चाँहि तलबभत्ता बढाउन लबिङ गर्दै
-
सगरमाथा संवादको उद्घाटन सत्रमा सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओली द्वारा प्रस्तुत उद्घाटन मन्तव्य
-
आज जेठ २ गते शुक्रबारको राशीफल : लक्ष्मी माताले रक्षा गरुन
-
गृहमन्त्री ज्यू ! यो त ‘काम कुरो एकातिर, कुम्लो बोकी ठिमीतिर’ भनेजस्तै भएन र ?
-
ज्यामरुककोट क्षेत्रका कुवा र पँधेरा नासिए

हुरीले घर भत्कँदा एक जनाको मृत्यु
२ दिन अगाडि
1.9kViews 471 Shares Share on Facebook Share on Twitter झापा । हुरीका कारण घर भत्किँदा हल्दीबारीमा एक जनाको मृत्यु भएको…