ह्वाइट हाउस बाहिर गोली प्रहार, सुरक्षाकर्मीको जवाफी कारबाहीमा संदिग्धको मृत्यु

एजेन्सी । अमेरिकाको राजधानी वासिङ्टन डीसीस्थित राष्ट्रपति निवास बाहिर शनिबार साँझ गोली प्रहारको घटना भएको छ। घटनापछि सुरक्षामा खटिएको को जवाफी कारबाहीमा एक संदिग्ध व्यक्तिको मृत्यु भएको छ।

सेक्रेट सर्भिसका अनुसार स्थानीय समयअनुसार साँझ करिब ६ बजे १७औँ स्ट्रिट र पेन्सिलभेनिया एभिन्यु नजिकै एक व्यक्तिले आफ्नो झोलाबाट हतियार निकालेर अचानक गोली चलाउन सुरु गरेका थिए।

आक्रमणपछि सुरक्षाकर्मीले तत्काल जवाफी कारबाही गरेका थिए। त्यस क्रममा गोली लागेर ती व्यक्ति गम्भीर घाइते भएका थिए।

उनीलाई तत्काल अस्पताल लगिए पनि चिकित्सकहरूले मृत घोषणा गरेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको सेक्रेट सर्भिसले जनाएको छ।

Facebook Comments Box
TOP
159 Shares