

नेपाली कांग्रेस सुदूरपश्चिमको प्रदेशस्तरीय भेला धनगढीमा सुरु हुँदै
कैलाली । नेपाली काङ्ग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिको आयोजनामा धनगढीमा प्रदेशस्तरीय भेला सुरु हुने भएको छ। देउवा पक्षको आयोजनामा हुन लागेको उक्त भेला “बृहत्तर एकता र पुनर्जागरण” का लागि आयोजना गरिएको बताइएको छ।
भेलामा राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई मुख्य नाराका रूपमा अघि सारिएको छ। पार्टीभित्र एकता मजबुत बनाउने र संगठनलाई थप ऊर्जा प्रदान गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा सहित सुदूरपश्चिम प्रदेशका देउवा पक्षीय नेता तथा कार्यकर्ताहरूको सहभागिता रहनेछ।
भेला बिहान ९ बजे सुरु हुने भनिए पनि समाचार तयार पार्दासम्म कार्यक्रम सुरु हुन बाँकी रहेको जनाइएको छ।
समाज
थप सामाग्री-
काठमाडौं–ललितपुर प्रहरी नेतृत्व फेरबदलको तयारी, एसएसपी सरुवाबारे गृहकार्य तीव्र
-
बाजुरा–हुम्ला सीमा विवाद अध्ययन गर्न प्राविधिक समिति गठन
-
बागमती नदीमा नुहाउने क्रममा दुई युवक बेपत्ता, खोजी जारी
-
आज जेठ १० गते आइतबार,यस्तो छ तपाईको राशिफल
-
संख्याको दम्भ नदेखाउन सरकारलाई गगन थापाको चेतावनी, पाँच बुँदे प्रश्नसहित जवाफदेही बन्न आग्रह
सशस्त्र प्रहरीका दुई महिला आरोहीलाई एक तह बढुवा, सगरमाथा–लोत्से सफल आरोहणको सम्मान
१ दिन अगाडि
2.0kViews 441 Shares Share on Facebook Share on Twitter काठमाडौँ । सगरमाथा तथा लोत्से हिमालको सफल आरोहण गरेका सशस्त्र प्रहरीका…



