

रेस्टुरेन्टभित्रै सञ्चालकमाथि सामूहिक आक्रमण, सीसीटीभी भिडियो भाइरल
काठमाडौँ । कञ्चनपुरको भीमदत्त नगरपालिका–४ स्थित ग्राण्ड प्यासेफिक रेस्टुरेन्टका सञ्चालकमाथि रेस्टुरेन्टभित्रै सामूहिक आक्रमण भएको छ। शनिबार राति करिब ९ बजे भएको घटनामा रेस्टुरेन्ट सञ्चालक गोविन्द चन्द घाइते भएका छन्।
प्राप्त जानकारीअनुसार सुरुमा दुई जना युवा रेस्टुरेन्टभित्र प्रवेश गरी टेबलमा बसेका चन्दमाथि अचानक आक्रमणमा उत्रिएका थिए। केहीबेरमै थप युवाहरू पनि रेस्टुरेन्टमा प्रवेश गरेर कुटपिटमा संलग्न भएको बताइएको छ।
घटनाको सीसीटीभी फुटेज यतिबेला सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको छ। भिडियोमा रेस्टुरेन्टभित्रै समूहगत रूपमा आक्रमण गरिएको दृश्य देखिन्छ, जसले स्थानीयवासीमा समेत चासो र चिन्ता बढाएको छ।
घटनाबारे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले अनुसन्धान सुरु गरेको जनाएको छ। कार्यालयका इन्स्पेक्टर वीरेन्द्रसिंह थापाका अनुसार आक्रमणमा संलग्न व्यक्तिहरूको पहिचान तथा घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।
“गएराति भएको घटनाका सम्बन्धमा हामी अनुसन्धान गरिरहेका छौँ,” इन्स्पेक्टर थापाले भने।
प्रहरीले घटनामा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउने तयारी गरिरहेको जनाएको छ। आक्रमणको कारण खुल्न बाँकी रहे पनि घटनाले जिल्लाको सुरक्षा अवस्थाबारे प्रश्न उठाएको छ।
समाज
थप सामाग्री-
काठमाडौं–ललितपुर प्रहरी नेतृत्व फेरबदलको तयारी, एसएसपी सरुवाबारे गृहकार्य तीव्र
-
बाजुरा–हुम्ला सीमा विवाद अध्ययन गर्न प्राविधिक समिति गठन
-
बागमती नदीमा नुहाउने क्रममा दुई युवक बेपत्ता, खोजी जारी
-
आज जेठ १० गते आइतबार,यस्तो छ तपाईको राशिफल
-
संख्याको दम्भ नदेखाउन सरकारलाई गगन थापाको चेतावनी, पाँच बुँदे प्रश्नसहित जवाफदेही बन्न आग्रह
सशस्त्र प्रहरीका दुई महिला आरोहीलाई एक तह बढुवा, सगरमाथा–लोत्से सफल आरोहणको सम्मान
२ दिन अगाडि
2.0kViews 441 Shares Share on Facebook Share on Twitter काठमाडौँ । सगरमाथा तथा लोत्से हिमालको सफल आरोहण गरेका सशस्त्र प्रहरीका…



