बाजुरा–हुम्ला सीमा विवाद अध्ययन गर्न प्राविधिक समिति गठन

काठमाडौँ । बाजुरा र हुम्ला जिल्लाबीच देखिएको सीमा विवादको प्राविधिक अध्ययन गर्न सरकारले समिति गठन गरेको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकले नापी विभागका उपमहानिर्देशक सुशील डंगोलको संयोजकत्वमा अध्ययन समिति गठन गर्ने निर्णय गरेको हो ।

समितिले विवादित क्षेत्रको स्थलगत प्राविधिक अध्ययन, नक्साङ्कन तथा आवश्यक तथ्य–तथ्याङ्क संकलन गरी प्रतिवेदन पेश गर्नेछ । त्यसपछि सीमा विवाद समाधानका लागि आवश्यक प्रक्रिया अघि बढाइने मन्त्रालयले जनाएको छ ।

Facebook Comments Box
TOP
309 Shares