

काठमाडौं–ललितपुर प्रहरी नेतृत्व फेरबदलको तयारी, एसएसपी सरुवाबारे गृहकार्य तीव्र
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौं, ललितपुर, उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा केही प्रहरी तालिम केन्द्रमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) स्तरको सरुवाका लागि गृह मन्त्रालय र प्रहरी मुख्यालयमा आन्तरिक तयारी तीव्र भएको छ।
काठमाडौं परिसरका प्रमुख एसएसपी रमेश थापा र ललितपुर परिसरका प्रमुख एसएसपी होविन्द्र बोगटीले जिम्मेवारी सम्हालेको करिब नौ महिना पूरा भइसकेको छ। उनीहरू गत वर्षको भदौ अन्त्यतिर भएको जेनजी आन्दोलनपछिको सुरक्षा चुनौती व्यवस्थापन गर्न असोजको पहिलो साता उक्त जिम्मेवारीमा खटाइएका थिए।
त्यतिबेला आन्दोलनका क्रममा कारागारबाट फरार भएका कैदीबन्दीलाई नियन्त्रणमा लिन विशेष जिम्मेवारी दिएकोमा काठमाडौ प्रहरी प्रमुख रमेश थापाले २४ सै घण्टा अहोरात्र खटी संगठनले दिएको जिम्मेवारी पूरा गरेका थिए भने ललितपुर प्रहरीले ठूलो सङ्ख्यामा फरार कैदी अझै पक्राउ पर्न सकेका छैनन्। नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले गत शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा हालसम्म करिब चार हजार कैदीबन्दी फरार रहेको जानकारी दिएका थिए।
सुरक्षा निकायका अनुसार फरारमध्ये कतिपय जघन्य अपराधमा संलग्न व्यक्तिसमेत रहेकाले उनीहरूको गतिविधिले सुरक्षा चुनौती थपिएको छ। यस्ता व्यक्तिहरू पुनः आपराधिक गतिविधिमा संलग्न हुन सक्ने जोखिमलाई लिएर सरोकारवालाहरूले चिन्ता व्यक्त गर्दै आएका छन्।
यता, काठमाडौं र ललितपुर परिसरको नेतृत्व परिवर्तन गर्ने विषयमा राजनीतिक तथा प्रशासनिक तहमा छलफल भइरहेको स्रोतहरूको दाबी छ। प्रधानमन्त्री तथा गृहमन्त्रीको जिम्मेवारीसमेत सम्हालिरहेका प्रधानमन्त्री वालेन्द्र शाह निकट सल्लाहकार समूह नेतृत्व परिवर्तनको पक्षमा रहेको बताइए पनि आईजीपी कार्की भने प्रमुखहरूलाई कम्तीमा एक वर्ष कार्यकाल पूरा गर्न दिनुपर्ने धारणा राख्दै आएको स्रोतको भनाइ छ।
ललितपुर परिसरका प्रमुख बोगटीमाथि हिरासतमा रहेका सुलभ अग्रवाललाई ल्यापटप उपलब्ध गराइएको विषयमा छानबिन समिति गठन भएपछि उनको सरुवाको सम्भावना बलियो बनेको चर्चा प्रहरी वृत्तमा छ। उक्त प्रकरणमा प्रयोग भएको ल्यापटप केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नियन्त्रणमा लिएको छ भने अनुसन्धानको जिम्मेवारी काठमाडौं परिसरलाई दिइएको छ।यतिमात्र नभइ एसएसपी बोगटीले सिआइबीमा रहँदा सहकारी संस्थाका अध्यक्षलाई हिरासतपछि धम्की दिँदै काठमाडौंको रामकोट लगायत विभिन्न ठाँउको जग्गा आफ्नो श्रीमतीको नाउँमा लगाएका बताइन्छ ।
सोर्तका अनुसार एसएसपी बोगटी नेपाल प्रहरीका केन्द्रीय अनुसन्धान व्युरो ( सिआइबी)का डा. मनोज केसीका निकटतम व्यक्ति हुन ।जेनजी आन्दोलन पछि बालेन सरकारलाई हातमा लिएर अगाडि बढ्दै गरेका नेपाली सेनाका चिफ अशोकराज सिग्देल , नेपाल प्रहरीका केन्द्रीय अनुसन्धान व्युरो ( सिआइबी) का प्रमुख डा. मनोज केसी र ललितपुरका एसएसपी होबिन्द्र बोगटी विच एक किसिमको गठजोड रहेको सोर्तको दावी छ।
जनरक्षा सोर्तका अनुसार एआइजी मनोज केसी छााँया आइजिपीका रुपमा उदय हुँदै रास्वपाका केही नेता तथा मन्त्रीलाई खुशी बनाउन तल्लिन छन ।उता ललितपुरका ” पापा वान ” अर्थात एसएसपी बोगटी ,अपराध महाशाखा प्रमुख सन्तोष खड्काले वर्तमान आइजिपी दानबहादुर कार्कीलाई ” मुखले राम-राम बगलिमा छुरा” भन्ने नेपाली उखानलाई चरितार्थ गर्ने कोसिस गरेका आरोप छ।नेपाल प्रहरीकै इतिहासमा आफ्नो संगठनका सदस्यलाई आफ्नै परिवारका सदस्य सम्झने महानिरीक्षक कार्की संगठन सुधार्ने कार्यमा तल्लिन भएपनि आफ्नो संगठनका केही व्यक्ति कस्तो कर्ममा छन भन्ने हेक्का राख्ने कोसिस गर्नु वा ध्यान दिनु पर्ने समेत सोर्तको सुझाव छ।
नेपाल प्रहरीका एसएसपीहरुको सरुवाको सम्भावना बढेसँगै काठमाडौं परिसरको नेतृत्व सम्हाल्न इच्छुक उच्च प्रहरी अधिकृतहरूको दौडधूप पनि बढेको छ। स्रोतका अनुसार एसएसपी अजय केसी, दयानिधि ज्ञवाली, शिवकुमार श्रेष्ठ, सुरेश काफ्ले र दिलीप घिमिरे काठमाडौं परिसरको प्रमुख बन्ने प्रतिस्पर्धामा रहेका छन्। यिनैमध्ये केही अधिकारीलाई ललितपुर परिसर वा अन्य महत्वपूर्ण प्रहरी कार्यालय तथा तालिम केन्द्रमा पठाउने विकल्पसमेत छलफलमा रहेको बताइन्छ।
तर एसएसपी शिव कुमार श्रेष्ठले नेपाल प्रहरीका केन्द्रीय अनुसन्धान व्युरो सिआईबीका प्रमुखलाई गुहार्दै काठमाडौ प्रहरी प्रमुख बन्न जिलो ज्यान दिएर लागेको सोर्त बताउँछ ।एसएसपी श्रेष्ठ भक्तपुर प्रहरी प्रमुख रहँदाको रवैयाबारे विभिन्न समाचार माध्यममा समाचार प्रकाशित भैसकेको छ।
प्रहरी संगठनभित्र सरुवासम्बन्धी निर्णयमा राजनीतिक र प्रशासनिक तहको समन्वय निर्णायक हुने भएकाले अन्तिम निर्णय केही दिनभित्र सार्वजनिक हुन सक्ने अपेक्षा गरिएको छ। यद्यपि प्रहरी मुख्यालय र गृह मन्त्रालयले यसबारे औपचारिक धारणा सार्वजनिक गरेका छैनन्।
प्रहरी नेतृत्व फेरबदलको चर्चा चलिरहेका बेला सुरक्षा व्यवस्थापन, फरार कैदी पक्राउ अभियान तथा संवेदनशील अनुसन्धानलाई प्रभावकारी बनाउने विषय पुनः बहसको केन्द्रमा आएको छ।
समाज
थप सामाग्री-
काठमाडौं–ललितपुर प्रहरी नेतृत्व फेरबदलको तयारी, एसएसपी सरुवाबारे गृहकार्य तीव्र
-
बाजुरा–हुम्ला सीमा विवाद अध्ययन गर्न प्राविधिक समिति गठन
-
बागमती नदीमा नुहाउने क्रममा दुई युवक बेपत्ता, खोजी जारी
-
आज जेठ १० गते आइतबार,यस्तो छ तपाईको राशिफल
-
संख्याको दम्भ नदेखाउन सरकारलाई गगन थापाको चेतावनी, पाँच बुँदे प्रश्नसहित जवाफदेही बन्न आग्रह
सशस्त्र प्रहरीका दुई महिला आरोहीलाई एक तह बढुवा, सगरमाथा–लोत्से सफल आरोहणको सम्मान
१ दिन अगाडि
2.0kViews 441 Shares Share on Facebook Share on Twitter काठमाडौँ । सगरमाथा तथा लोत्से हिमालको सफल आरोहण गरेका सशस्त्र प्रहरीका…



