विमानस्थलमा गोलीसहित युवती पक्राउ
13.6kViews
0
Shares
काठमाडौं, २८ चैत । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक राउण्ड गोलीसहित एक युवती पक्राउ परेकी छन् ।
पक्राउ पर्नेमा तनहुँको भानु नगरपालिका-७ की २७ वर्षीया सोविता नेपाली रहेको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयको अपराध अनुसन्धान शाखाले जनाएको छ ।
नेपाल एयरलाइन्सको जहाजबाट आइतबार मलेसियाँ हुँदै जापान जान लागेकी सोविताको साथबाट सुरक्षा जाँचका क्रममा गोली बरामद भएको हो ।
‘एक्सरे ए’मा जाँच गर्ने क्रममा उनको सानो पर्समा एक राउण्ड गोली फेला परेको हो । उनलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त गौशाला पठाइएको अपराध अनुसन्धान शाखाले जानकारी दिएको छ ।
Facebook Comments Box
समाज
थप सामाग्री
धरातल नबिर्सने प्रहरी प्रमुख: IGP दानबहादुर कार्की ‘भोटे दमाई दाइ’को घरसम्म पुगेपछि …
३ दिन अगाडि
7.7kViews 172 Shares Share on Facebook Share on Twitter काठमाडौं । प्रहरी महानिरीक्षक (IGP) दानबहादुर कार्कीले आफ्नो पदोन्नतिको खुसी मनाउन…



