अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ मा तृप्ति डिमरीको इन्ट्री
नयाँ दिल्ली । साउथको ब्लकबष्टर फिल्म पुष्पाको सिक्वेल तीन महिनापछि हलमा रिलिज हुँदैछ । पुष्पा २ यस वर्षको बहुप्रतिक्षित फिल्ममध्ये एक हो ।
फिल्मको पहिलो भागमा सामन्था रुथ प्रभुले एउटा आइटम गीतमा नाचेकी थिइन् । यसलाई दर्शकले निकै मन पराएका थिए । गीतमा सामन्था निकै बोल्ड लुकमा देखिएकी थिइन् । पछिल्लो खबरका अनुसार पुष्पा २ मा सामन्थाको ठाउँमा बलिउड अभिनेत्रीको इन्ट्री भएको छ ।
यिनी रणवीर कपूरको ‘एनिमल’की भाभी नम्बर टु भएको बताइएको छ । रिपोर्टका अनुसार तृप्तिले यस फिल्ममा अल्लु अर्जुनसँग रोमान्टिक गीतमा नाच्नेछिन् । तर अहिलेसम्म तृप्ति र फिल्म मेकरहरूले यसको पुष्टि गरेका छैनन् ।
मेकरहरूले पुष्पा २ अगष्ट १५ मा रिलिज गर्दैछन् । बिहीबार मात्रै फिल्मको अर्को गीत रिलिज गरिएको थियो । यो गीत सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
समाज
थप सामाग्री
काभ्रेका ललित गिरी धोबीखोलामा साइकलसहित मृत फेला
३ दिन अगाडि
3.5kViews 113 Shares Share on Facebook Share on Twitter काठमाडौँ । काठमाडौँको रुद्रमति पुलनजिक धोबीखोलामा साइकलसहित एक पुरुष मृत अवस्थामा…



