माग सम्बोधन नभएपछि पाटन क्याम्पसमा तिवारीको अनसन

आफ्ना शैक्षिक तथा प्रशासनिक मागहरू पुरा नभएको भन्दै त्रिभुवन विश्वविद्यालयअन्तर्गत पाटन संयुक्त क्याम्पस ललितपुरमा अर्थशास्त्र विभागमा अध्ययनरत विद्यार्थी  शंकर तिवारीले अनशन शुरू गरेका छन् ।
पटक–पटक सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउँदा पनि समस्या समाधान नभएपछि उनी आइतबार बिहानदेखि क्याम्पस परिसरमै अनसन बसेका हुन् ।उनले क्याम्पस र विश्वविद्यालय प्रशासनसँग विभिन्न सुधारका माग गरेका छन् । पाठ्यक्रम निर्धारित समयमा सम्पन्न गर्नुपर्ने, गेस्ट लेक्चर र आन्तरिक शिक्षकको प्रभावकारी उपस्थितिका लागि सुनिश्चितता गर्नुपर्ने, गुणस्तरीय शिक्षण र मूल्यांकन प्रणाली लागू गर्नुपर्ने, पाठ्यपुस्तक तथा अध्ययन सामग्री समयमै उपलब्ध गराउनुपर्ने, विभागीय प्रशासनलाई व्यवस्थित गर्नुपर्ने, भवन तथा परिसरको सवारी व्यवस्थापन सुधार गर्नुपर्नेलगायत उनका माग छन् ।यसबाहेक, उनले १५० घण्टाको निर्धारित पाठ्यक्रम समयमै नसकाउने शिक्षकहरूमाथि कडा कारबाही हुनुपर्ने माग पनि अघि सारेका छन्। माग सम्बोधन नभएसम्म अनशन नतोड्ने तिवारीले अडान लिएका छन् ।

Facebook Comments Box
देशभर मनसुनी प्रभाव : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना
१ दिन अगाडि

1.3kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै रहँदा आज पनि विभिन्न…

TOP
478 Shares