

भोलि पत्रकार महासंघ उपत्यकाले श्रद्धाञ्जली सभा गर्ने
काठमाडौं । जेनजी पुस्ताको आन्दोलनका क्रममा दिवंगत भएकाहरूको सम्झनामा नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिले भोलि (बुधबार) साँझ साढे ५ बजे माइतीघर मण्डलमा दीप प्रज्वलन गर्ने भएको छ ।
आज नेपाल पत्रकार महासंघ उपत्यकाको कार्यालय अनामनगरस्थित प्रदेश कार्यालयमा मंगलबार बसेको उपत्यका प्रदेश समितिको बैठकले आन्दोलनमा ज्यान गुमाउने नागरिक तथा सुरक्षाकर्मीलाई श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन कार्यक्रम गर्ने निर्णय गरेको हो ।
बैठकले घाइते पत्रकार, सुरक्षाकर्मी तथा सर्वसाधारणको स्वास्थ्य लाभको कामना गर्दै घाइते र उनका परिवारलाई पनि उचित क्षतिपूर्ति दिन सरकारसँग माग गर्ने निर्णय गरेको उपत्यका समन्वय समितिका सदस्य रामशरण काफ्लेले बताएका छन।
आजको बैठकले सञ्चार क्षेत्रमाथि भएको क्षतिको अभिलेखिकरणका लागि प्रदेश अध्यक्ष टेनिस रोक्काको संयोजकत्वमा उपाध्यक्ष रमा न्यौपाने, सचिव अजित अधिकारी, कोषाध्यक्ष संजीप घिमिरे ‘शुभचिन्तक’ तथा सदस्यहरु उमा शर्मा, रामशरण काफ्ले, रमिला योञ्जन र उपत्यकाको तीनैवटा जिल्ला शाखाका अध्यक्ष सम्मिलित कार्यदल गठन गरिएको महासंघले बताइएको छ ।
बैठकले जेनजी पुस्ताको आन्दोलनमा राज्य र प्रदर्शनकारी दुवै पक्षबाट सञ्चारकर्मी र सञ्चार गृह आक्रमणमा परेकोप्रति दुःख व्यक्त गर्दै प्रेस स्वतन्त्रताको रक्षा गर्न सबैसँग अपिल पनि गरेको छ ।साथै, आन्दोलनको क्रममा सञ्चारकर्मी तथा सञ्चारगृहमाथि आक्रमणमा संलग्नलाई कारबाही गर्न र क्षतिपूर्ति उपलब्ध गराउन राज्यसँग माग गर्ने निर्णय गरिएको सचिव अजित अधिकारीले एक प्रेस नोटमार्फत जानकारी गराएका छन् ।

समाज
थप सामाग्री-
प्रहरी युक्ति तालिम महाविद्यालयको नेतृत्वमा एसएसपी अजय केसी, भव्य स्वागतसहित जिम्मेवारी ग्रहण
-
व्यवसायी दीपक भट्टविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, विशेष अदालतमा अभियोग दायर
-
जेठमै चार पटक बढ्यो अण्डाको मूल्य, किसानलाई राहत तर उपभोक्तामाथि मूल्यवृद्धिको दबाब
-
११ रोपनी सार्वजनिक जग्गाको खेल? नमोबुद्धमा उठ्यो करोडौँको विवाद, स्थानीय पुगे प्रधानमन्त्रीको ढोकामा
-
भूमिहीन दलित र सुकुम्बासीलाई ६ सय दिनभित्र जग्गा उपलब्ध गराउने सरकारको तयारी
पोखराबाट दुबईका लागि दैनिक व्यावसायिक उडान सुरु हुने, फ्लाई दुबईलाई अनुमति
१२ घण्टा अगाडि
1.5kViews 311 Shares Share on Facebook Share on Twitter पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी २३ सेप्टेम्बर २०२६ (भदौ ७…



