

सेनाको ट्रक दुर्घटना : १६ जना घाइते,६ गम्भीर
नेपाली सेनाका २२ जना सवार ट्रक दुर्घटना भएको छ।
मंगलबार दिउँसो २:५० बजे मकवानवपुरको हेटौंडा उपमहानगरपालिका-१५ र बाराको जितपुर सिमरा उपमहानगरपालिका-२२ को सिमाना पर्ने चुरियामाइमा सेनाका जवान लगायतका कर्मचारी सवार ट्रक दुर्घटना भएको हो।
मकवानपुर प्रहरीका अनुसार प्रधानसेनापती ब्यानर प्रतियोगिताको ट्याक्टिकल फायरिङमा सहभागी हुन श्री नं. २ राजदल गणबाट चारवटा ट्रक खैरेनीटारबाट धनुषातर्फ जाँदै थियो।
त्यसमध्ये लु १ ग २८० नं.को ट्रक पुल बाट अन्दाजी १०/१२ फिट तल खोल्सामा खसेको मकवानपुर प्रहरीले जनाएको छ।
दुर्घटनामा १६ जना घाइते भएका छन्। तीमध्ये ६ जना गम्भीर घाइते भएका छन्।
गम्भीर घाइतेहरूमा हुद्दाहरू चक्रबहादुर बोहरा र हिरामान माझी, अमलदार टिकाराम कँडेल र सुनिल चौधरी, प्युठ भरत विक र सिपाही रोहित पाण्डे छन्।
उनीहरूलाई मंगलबार नै नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरी वीरेन्द्र अस्पताल ल्याइएको छ। १० जना मध्यम घाइते छन्। उनीहरुलाई उपचारका लागि हैटौंडा अस्पताल लगिएको थियो। तीमध्ये ८ जना डिस्चार्ज भइसकेका छन्।
समाज
थप सामाग्री-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
-
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
-
एआईजी ईश्वर कार्कीद्वारा बिदाइ तथा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न
-
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
“जिम्मेवार चालक बनौँ, जरिवानाबाट बचौँ” विशेष सडक सचेतना अभियान उपत्यकाभरि सुरु — एसएसपी सुरेश काफ्ले
१६ घण्टा अगाडि
1.4kViews 214 Shares Share on Facebook Share on Twitter काठमाडौं । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन न्यूनीकरण गर्ने उद्देश्यसहित उपत्यका…



