नेपालगञ्जका क्यासिनोमा नेपालीको ताँती, जिल्लादेखि प्रदेश प्रहरी प्रमुखसम्मको नाममा भाग

नेपालगञ्ज । नेपालीलाई क्यासिनोमा प्रवेश निषेध गरिएको छ । क्यासिनोमा गएर जुवा खेलेर सम्पूर्ण सम्पत्ति सकिएपछि अपराध कर्ममा लाग्ने गरेका घटना बढेपछि सरकारले क्यासिनोमा नेपालीको प्रवेशमा रोक लगाएको हो । नेपालीलाई प्रवेश गराउने र जुवा खेलाउने क्यासिनोको अनुमतिपत्र नै रद्द गर्ने नियमावलीमा ब्यवस्था छ । तर प्रहरीसँग सेटिङ मिलाएर क्यासिनोमा नेपाली प्रवेश गराउने र जुवा खेलाउने क्रम पछिल्ला दिनमा बढेको छ ।
नेपालगञ्जका क्यासिनोहरूमा निर्वाधरूपमा नेपालीलाई प्रवेश गराउने र जुवा खेलाउने गरिएको छ । कानूनलाई लत्याउँदै नेपालगञ्जमा सञ्चालनमा रहेका क्यासिनोहरूले जुवा खेल्न नेपालीलाई प्रवेश गराइरहे पनि बाँके प्रहरी भने मूकदर्शक बनेको छ ।नेपालगञ्जमा करिब आधा दर्जन क्यासिनो सञ्चालनमा छन् । यहाँ सञ्चालित क्यासिनोहरूले निर्वाध रूपमा नेपाली प्रवेश गराउने र जुवा खेलाउने गरेता पनि पनि प्रहरीले देखेको नदेख्यै गर्दैआएको छ । प्रायः क्यासिनोहरूमा पूर्व प्रहरीहरू जागिरे रहेका छन् । प्रहरी, प्रशासनमा सेटिङ मिलाउन सजिलो होस् भनेर क्यासिनोमा पूर्व प्रहरी अधिकृतहरूलाई राख्ने गरिएको पाइएको छ ।
नेपालगञ्जका सीमावर्ती क्षेत्रमा सञ्चालनमा रहेका क्यासिनोहरूमा पछिल्लो समय खुलेआम नेपाली नागरिकलाई प्रवेश दिन थालिएको छ । नेपाल सरकारले नेपाली नागरिकलाई देशभित्रका क्यासिनोहरूमा जुवा खेल्न प्रतिबन्ध लगाए पनि नेपालगञ्जका केही क्यासिनोहरूमा यो नियम पूर्णतः बेवास्ता गरिएको देखिन्छ । यी क्यासिनोमा नेपाली नागरिकलाई जान र जुवा खेल्न कानुनतः निषेध छ । नेपालको कानून अनुसार, नेपाली क्यासिनोमा विदेशी नागरिकलाई मात्र जुवा खेल्न अनुमति छ । तर कानुनको खिल्ली उडाउँदै नेपाली नागरिक यस्ता क्यासिनोमा जाने गरेका र त्यसरी क्यासिनो छिरेका नेपाली घरबारविहीन भएका घटना आइरहन्छन् ।
नेपालगञ्जमा करिब आधा दर्जन क्यासिनो सञ्चालनमा छन् । भारतीयलाई लक्षित गरी नेपालगञ्जलगायत सीमावर्ती सहरमा बग्रेल्ती क्यासिनो खुलेका छन् । बाँके प्रहरीलाई नेपालगञ्जका क्यासिनोमा जुवा खेल्न नेपाली प्रवेश गरिरहेका छन् भन्ने थाहा नभएको भने होइन । तर, बाँके प्रहरी ती क्यासिनोमा न छापा हान्न चाहन्छ, न जुवा खेल्नेलाई पक्राउ गर्न नै चाहन्छ ।नेपालगञ्जमा तारे होटलपिच्छे ‘क्यासिनो’ खुलेका छन् । होटल सोल्टीमा महाजोङ, सिद्धार्थ भ्यूमा ज्याकपट, स्टारलाइटमा लक्की स्टार, स्नेहमा ब्लिज, कल्पवृक्षमा एसएन ब्लु, ड्रिमल्यान्डमा ह्याप्पी आवर र सिटी प्यालेसमा सिटी गेमिङ सञ्चालनमा छन् ।
पछिल्लो एक दशकमा भारतीयलाई लक्षित गरेर यहाँ आधा दर्जन बढी क्यासिनो खुलिसकेका छन् । थप होटलमा क्यासिनो सञ्चालन गर्न पूर्वाधार निर्माण गर्ने काम भइरहेको छ । क्यासिनो खुलेपछि नेपालगञ्जका होटलहरूमा चहलपहल बढेको छ । तर नेपालीसमेत प्रवेश गराएर उनीहरूको उठिबास हुने अवस्था देखापरेको छ ।
क्यासिनो रोजगारी, भारतीय मुद्रा आर्जन र तारे होटलको आम्दानीको स्रोत बनेका छन् । अहिले बाँके प्रहरी नथपाएझैँ गरी चुपचाप बसेपछि क्यासिनो सञ्चालकले पनि निर्वाध रूपमा नेपाली प्रवेश गराई जुवा खेलाइरहेका छन् भने खेल्ने नेपालीहरू पनि मस्तसँग खेलिरहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेले अहिलेसम्म कुनै क्यासिनोमा पनि छापा हानेको छैन । निर्वाध रूपमा क्यासिनोले नेपाली प्रवेश गराइरहँदापनि बाँके प्रहरी टुलुटुलु हेरिरहेको छ ।
नेपालगञ्जका क्यासिनोका २५ प्रतिशत ग्राहक त नेपाली नै हुन्छन् । आउँछन्, मज्जाले जुवा खेल्छन अनि जान्छन् । तीमध्ये होटल स्नेहाभित्र रहेको वेलिज क्यासिनो र होटल सिद्धार्थ भ्यूमा रहेको ज्याकपट गेमिङ क्यासिनोमा बढी नेपाली जुवा खेलिरहेका छन् । क्यासिनोमा जुवा खेल्न जाने कतिपय नेपालीले त क्यासिनो जानलाई भारतीय आधार कार्डसमेत बनाउने गरेका छन् ।
स्थानीय स्रोतका अनुसार, भारतसँग सिमाना जोडिएको क्षेत्र भएका कारण ती क्यासिनोहरूमा भारतीय पर्यटकसँगै नेपालीहरू पनि सहजै प्रवेश गरिरहेका छन् । रातको समयमा विशेषगरी युवा पुस्ता क्यासिनोमा आकर्षित भई जुवातास खेलिरहेको देखिन्छ, जुन सामाजिक र आर्थिक दृष्टिले चिन्ताको विषय बन्न थालेको छ । सामाजिक अभियन्ता र स्थानीय नागरिकहरूले यसप्रति चासो व्यक्त गर्दै क्यासिनो नियमनमा कडाइ गर्न माग गरेका छन् । उनीहरूले सरकारलाई यस्ता गतिविधि तुरुन्त रोक्न र नेपाली युवालाई जुवाको दलदलमा फस्नबाट जोगाउन आवश्यक कदम चाल्न आग्रह गरेका छन् ।
नेपाल सरकारले लामो समयदेखि नै नेपाली नागरिकलाई देशभित्र सञ्चालनमा रहेका क्यासिनोहरूमा प्रवेश गर्न निषेध गरेको छ । यो नियम मुख्यतः नेपाली समाजमा जुवा र सट्टाबाजीकालागि पर्ने नकारात्मक असरहरूलाई न्यूनीकरण गर्नका लागि ल्याइएको हो ।
हाल लागू भएको कानुनी व्यवस्थाअनुसार, नेपालमा रहेका क्यासिनोहरू विदेशी पर्यटकहरूलाई लक्षित गरेर मात्र सञ्चालन गर्न पाइन्छ । नेपाली नागरिकहरूले क्यासिनोमा प्रवेश गर्न नपाउने यो प्रावधान ‘क्यासिनो नियमावली’ मा स्पष्ट रूपमा उल्लेख गरिएको छ । यदि कुनै क्यासिनोले नेपाली नागरिकलाई प्रवेश गराएको पाइएमा सो क्यासिनोलाई जरिवाना तिराउने, सञ्चालकको अनुमतिपत्र खारेज गर्ने वा अन्य कानुनी कारबाहीसमेत गर्न सकिने व्यवस्था गरिएको छ ।स्मरण रहोस्, नेपालगन्जका क्यासिनोमा खुलेआम नेपाली प्रवेश गर्ने र प्रहरीले छापा नहाने दिएबापत क्यासिनो सञ्चालकहरूले जिल्लाका एसपीको नाममा दुई लाख र डिआइजीको नाममा एक लाख मासिक रकम दिँदै आएका छन् ।

Facebook Comments Box
आईजीपी चन्द्रकुबेर खापुङले भने: कानून कार्यान्वयन गर्न भोकभोकै लडेको सिपाहीलाई बयानमा बोलाउने कुरा ठिक भएन, विध्वंस रोक्न बल प्रयोग गर्न नपाउने हो भने देशमा प्रहरी संरचना नराखे हुन्छ
२३ घण्टा अगाडि

1.5kViews 205 Shares Share on Facebook Share on Twitter नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङले राजनीतिक आन्दोलनका क्रममा व्यक्तिगत सम्पत्तिमा…

TOP
390 Shares