डिपोर्ट गरिदिने चेतावनीपछि रद्द भएको थियो दुर्गा प्रसाईंको दिल्ली भ्रमण

काठमाडौैं । जेनजी आन्दोलनपछि काठमाडौंबाट दिल्ली जान लागेका व्यवसायी तथा अभियन्ता दूर्गा प्रसाईंलाई भारतीयले डिपोर्ट गरिदिने चेतावनी दिएपछि अन्तिम समयमा यात्रा रोक्नुपरेको पाइएको छ ।राष्ट्र, राष्ट्रियता, धर्मसंस्कृति र नागरिक बचाउ महाभियानका संयोजक रहेका प्रसाईं गत सेप्टेम्बर १७ तारिख अर्थात् असोज १ गते बुधबार अपरान्ह साढे २ बजेको एयर इन्डियाको उडानबाट दिल्ली जाने तयारीमा थिए ।
तर, भारतीय पक्षले त्यसैको बिहान उनलाई जसरी पनि रोक्नुपर्ने भन्दै ‘अनुरोध’ पठाएको थियो । उनको उडान टिकटको प्रतिलिपिसमेत पठाउँदै भारतीय पक्षले उनलाई संवेदनशील अवस्थामा दिल्ली जान नेपालले रोक्नुपर्ने बताएको थियो ।
‘यदि तपाईंहरूले रोक्नुभएन भने हामीले उनलाई दिल्ली एयरपोर्टबाटै फिर्ता पठाइदिनुपर्ने हुन्छ, त्यसो गर्दा दुवै देशलाई राम्रो हुँदैन,’ भारतीय पक्षको आग्रह थियो, ‘त्यसैले तपाईंहरूले यहिँ रोकिदिनुप‍र्‍यो ।’

भारतीय अनुरोध परराष्ट्र हुँदै गृह मन्त्रालय पुग्यो । तर, गृहका अधिकारीले उनलाई नेपालले विदेश जान प्रतिबन्ध लगाउने कुनै मनासिव कानुनी आधार नभएको हुँदै बिना आधार रोक्न अप्ठेरो हुने राय दिए ।
भर्खरै पदमा आएका गृहमन्त्री ओमप्रकाश अर्यालले पनि ‘कानुनले मिल्छ भने रोक्ने हो नत्र कसरी रोक्ने ?’ भनी प्रतिप्रश्न गरेका थिए ।नेपाली अधिकारीहरूले प्रसाईंको यात्रा रोक्ने अवस्था नभएको जनाउ दिएपछि भारतीय पक्षले नै उनी डिपोर्ट हुनसक्ने जोखिमबारे प्रसाईं नजिकका मानिसलाई जानकारी दिएको थियो ।
त्यसपछि प्रसाईं स्वयंले अन्तिम समयमा यात्रा रद्द गरेका थिए ।यद्यपि अनौपचारिक कुराकानीका क्रममा प्रसाईंले आफू काठमाडौं विमानस्थल हुँदै भारत जाने तयारीमा रहेको भन्ने सूचनाको खण्डन गरेका छन् । उनले आफू भारत जाँदा काठमाडौं नभई अन्य रुटहरू प्रयोग गर्न थालेको बताए ।‘मैले बागडोग्रा वा अरु विकल्पबाट दिल्ली जाने हो, काठमाडौं मेरो नियमित रुट होइन,’ प्रसाईंले अनौपचारिक छलफलका क्रममा भने ।
जेनजी आन्दोलनको स्टेकहोल्डरका रुपमा जंगी अड्डालगायत निकायसँग छलफलमा रहेका प्रसाईं नयाँ सरकारमा चाहेको जस्तो भूमिका नपाएको भन्दै क्षुब्ध छन् । उनले अहिलेको सरकार गठनमा पश्चिमा पक्षहरू सक्रिय देखिएको आरोप समेत लगाएका छन् ।
सरकार गठन लगायत विभिन्न निर्णयहरूमा अपारदर्शी खेलहरू भइरहेकाले छलफल गर्नु छ भन्दै भारतीय पक्षसँग कुरा गर्न उनी हवाईमार्गबाट दिल्ली जानका खोजेका थिए । तर भारतीय संस्थापनले उचित रेस्पोन्स नगरेको प्रसंगबीच प्रसाईं केही साता रोकिएका छन् ।
स्रोतका अनुसार केही दिन अगाडि उनी स्थलमार्ग हुँदै दिल्ली पुगेका थिए । तर, दिल्ली भ्रमण सोचेजस्तो नभएको र दिल्ली पुलिसको निगरानीमा पर्नुपरेको प्रसाईंले निकटस्थलाई बताएका छन् ।काठमाडौंस्थित भारतीय दुतावास स्रोतले भने यो विषयमा आफूहरूलाई थाहा नभएको भन्दै आधिकारिक प्रतिक्रिया दिन अस्वीकार गरेको छ । अनलाइनखबर

Facebook Comments Box
पुसपछि नेपाल प्रहरीमा बढुवाको ‘ठूलो ढोका’ खुल्दै, डीएसपीसहित ३८ इन्स्पेक्टर बढुवाको तयारी
२ दिन अगाडि

2.2kViews 30 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल प्रहरीमा प्रहरी नायब उपरीक्षक (डीएसपी)देखि प्रहरी वरिष्ठ उपरीक्षक…

TOP
133 Shares