

जेनजी युवाका नाममा विध्वंस अरूले नै मच्चाए: ओली

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जेनजी युवाहरूको भदौ २३ गतेको आन्दोलन माइतीघरमै खोसाखोसबाट सुरु भएको बताएका छन्।
आइतबार राष्ट्रिय युवा सङ्घको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जेनजी आन्दोलनलाई युवाहरूलाई भजाउने र उनीहरूको भावना भड्काउने अभियानका रूपमा प्रस्तुत गरिएको टिप्पणी गरे ।
उनले भने– ‘युवाहरूले राम्रा मागसहित आन्दोलनको आह्वान गर्नुभएको थियो, तर माइतीघरमै पुग्दा उनीहरूका माग र मुद्दा खोसाखोसको खेलमा परे ।’
उनका अनुसार, युवाहरू माइतीघर मण्डलामा पुग्नुअघि नै उनीहरूको आन्दोलनलाई आफ्नो हातमा लिन खोज्ने तत्त्वहरू त्यहाँ सक्रिय भइसकेका थिए ।
‘अझ युवाहरूले जसोतसो आन्दोलनलाई होटल एभरेष्टसम्म पुर्याएका थिए,उनले थपे, ‘त्यसपछि निषेधाज्ञा तोड्ने, ब्यारिकेट तोड्ने र भिडन्त निम्त्याउने राजनीति सुरु भयो।
ओलीले जायज माग उठाउने युवाहरूको आन्दोलनलाई भुईँमा पछार्ने गरी क्षतविक्षत पारिएको र त्यसपछि उग्रवादी धार र क्रियाकलाप अघि सारिएको दाबी गरे ।
‘युवाका नाममा विध्वंस अरूले नै मच्चाए,उनले भने, ‘२४ गते देशभर भएका आगलागी र तोडफोड आकस्मिक थिएनन्, ती त पूर्वतयारीसहितका क्रियाकलाप थिए।
उनले जेनजी आन्दोलनका नाममा कोही पानी बाँड्दै, कोही कालो ज्याकेट लगाएर नेता बनेको भन्दै त्यस्ता व्यक्तिहरूले आफूलाई मन नपर्ने समाचार लेख्ने पत्रकारहरूलाई धम्की दिन थालेको आरोप लगाए ।
सञ्चारकर्मी त्रासित हुने अवस्था सिर्जना भएकाले युवा सङ्घले पत्रकारहरूको सुरक्षाको जिम्मा लिनुपर्ने अवस्था आएको उनले बताए ।
ओलीका अनुसार, युवाको नाममा भइरहेको गतिविधि वास्तविक युवा आन्दोलन होइन, केही आपराधिक र गैरजिम्मेवार समूहहरूको संलग्नतामा भएको प्रतिगमन हो ।
समाज
थप सामाग्री-
सरकारी अधिकारीलाई ‘थुतुने’सँग होइन, जिम्मेवार व्यक्तिसँग छलफल गराऔँः भीम उपाध्याय
-
काठमाडौंका पाँच स्थानबाट आज ग्यास बिक्री, अत्यावश्यक उपभोक्तालाई मात्र खरिद गर्न निगमको आग्रह
-
लेखा समिति घटनालाई सिंगो प्रहरीमाथिको प्रहारका रूपमा लिनुपर्छ : आईजीपी कार्की
-
प्रेसको घाँटी निमोठेर राज्य बलियो हुँदैन
-
प्रेसमाथिको हस्तक्षेप अन्तर्राष्ट्रियकरण गर्न सरोकारवालाको माग
आज साउन ३० गते शनिबार,यस्तो छ तपाईको राशिफल
८ घण्टा अगाडि
1.5kViews 15 Shares Share on Facebook Share on Twitter मेष- आज काममा नयाँ जिम्मेवारी पाउने र आफ्नो क्षमता देखाउने अवसर मिल्नेछ…





