

विद्यालयमा तीन प्रअको सत्ता–दाबी टुंगियो : अम्बरलाल यादव नयाँ प्रधानाध्यापक

8.9kViews
254
Shares
बाँके २८ कार्तिक । विद्यालय जहाँ बालबालिकाले अक्षर चिन्नु, भविष्यको सपना बुन्नु र सिकाइको संसार रमाउनु पर्ने हो । तर नरैनापुर–६ को जमुनी माध्यमिक विद्यालयमा विगत केही महिनादेखि कक्षाकोठाभन्दा बढी चर्चा प्रशासनिक कक्षामा चलिरहेको थियो ।
एक होइन, तीन–तीनजना प्रधानाध्यापकको दाबी ।
दफ्तरमा तीन हस्ताक्षर, आदेश तीन दिशाबाट, र बीचमा अलपत्र परेका विद्यार्थी ।
विद्यार्थीहरूको गुनासो : “हामी पढ्न चाहन्थ्यौँ, तर विद्यालय विवादले थला पर्यो ।”
समस्या बढ्दै जाँदा विद्यार्थीहरू नै बोल्न बाध्य भए ।
कक्षाकोठा सुन्धरै थियो, तर शिक्षण–सिकाइ क्रियाकलाप शून्यजस्तै ।
स्थानीय अभिभावक हरिहर यादवको पीडा झन् चर्को थियो, “तीन जना प्रअ हुँदा पनि विद्यालय चल्दैन, बच्चाहरूको पढाइ बिल्कुलै बिग्रियो ।”
विद्यालयमा सिकाइभन्दा व्यवस्थापनको लडाइँ ठूलो बन्दै गएको थियो ।
२४ घण्टामा समाधान : प्रशासन सक्रिय भयो
विद्यार्थी र अभिभावकको गुनासो पालिका प्रशासनसम्म पुगेपछि, प्रमुख प्रशासकीय अधिकृत नवराज वलीले तत्काल तथ्य जाँचे ।
उहाँले घटनाबारे जानकारी पाएपछि २४ घण्टाभित्रै निर्णायक कदम चाल्नु भयो ।
उहाँले भन्नुभयो,आज शुक्रबारदेखि लागू हुनेगरी अम्बरलाल यादवलाई जमुनी माध्यमिक विद्यालयको प्रधानाध्यापकमा नियुक्त गरियो । यससँगै, अफसर अली मुकेरीको काज फिर्ता गरियो, सन्देश शर्मालाई सोही विद्यालयमै रहेर शिक्षण गर्न निर्देशन दिइयो।
वलीले भन्नुभयो,“विद्यालय विवादले विद्यार्थीको भविष्य बर्बाद हुन दिँदैनौँ। तुरुन्तै समाधान गर्न आवश्यक निर्णय लिइयो।”
कानुनी आधार : नियमावलीअनुसार छिटो निर्णय
विद्यालयमा बढ्दो दुरावस्थालाई सम्बोधन गर्न पालिकाले
शिक्षा नियमावली २०५९ को परिच्छेद १७, नियम ९३ बमोजिम निर्णय लिएको हो।
यसै नियमको दफा २ ले प्रधानाध्यापक नियुक्त गर्ने अधिकार प्रदान गर्छ । यही आधारमा पालिकाले निर्देशन दिँदै भन्यो, “सरुवा भएका शिक्षकहरूले २४ घण्टाभित्र हाजिर भएर काम नगरे कानूनबमोजिम कारबाही हुनेछ।”
यो चेतावनीसँगै विद्यालयमा फेरि अनुशासन र जिम्मेवारी फर्किने आशा गरिएको छ।
अभिभावक भन्छन्,“अब विवाद होइन, सिकाइको यात्रा सुरु होस् ।”
वर्षौंदेखि व्यवस्थापन विवाद र शिक्षकहरुको विवादले प्रभावित बनेको विद्यालयमा अब बालबालिका र अभिभावकले नयाँ शुरुवात देख्न थालेका छन्।
एक अभिभावकले भावुक हुँदै भन्नुभयो,“हामीलाई पद कसको भन्ने होइन, बच्चाहरूको भविष्य सुरक्षित होस् भन्ने मात्र चाहिएको हो।”
जमुनी माध्यमिक विद्यालयमा नियुक्त नयाँ नेतृत्वसँग समुदायले सिकाइ सुधार, नियमित कक्षा, र शैक्षिक वातावरण पुनःस्थापित हुने अपेक्षा गरेको छ ।
विवाद शान्त भयो, आशा जाग्यो-अब जमुनी माविको भविष्य फेरि कक्षाकोठामा लेखिनेछ।
जमुनी माध्यमिक विद्यालय तीन–तीन प्रधानाध्यापकको द्वन्द्वमा डुबेको थियो । तर अब निर्णय स्पष्ट छ। नेतृत्व एक छ र, शिक्षा फेरि प्राथमिकतामा फर्किएको छ।
विद्यालयको मुख्य ढोकामा टासिएको नयाँ सूचना आज एउटा सन्देश दिँदैछ,“अब विद्यालय विवाद होइन, सिकाइको केन्द्र हुन्छ।”
Facebook Comments Box
समाज
थप सामाग्री-
देवानगञ्ज घटनामा सरकारलाई अल्टिमेटम, शहीद घोषणा र राहत–रोजगारी तत्काल दिन माग
-
भक्तपुरमा ६३० दिवसीय विश्व शान्ति विराट ज्ञान महायज्ञ जारी
-
साउनको अन्तिम सोमबार पशुपतिनाथमा भक्तजनको घुइँचो, वर्षामै लामबद्ध भएर दर्शन
-
चुनौतीका बीच आईजीपी दानबहादुर कार्कीको दृढ नेतृत्व : प्रहरी संगठन सुधारको अभियानमा अविचलित कार्की
-
सेनाको बन्दोबस्ती खरिदमा प्रश्नै प्रश्न : ५४ करोडको चुस्ता–डीएमएस बुटमा ‘भुक्तानी’ विवाद
पुसपछि नेपाल प्रहरीमा बढुवाको ‘ठूलो ढोका’ खुल्दै, डीएसपीसहित ३८ इन्स्पेक्टर बढुवाको तयारी
२ दिन अगाडि
2.2kViews 30 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल प्रहरीमा प्रहरी नायब उपरीक्षक (डीएसपी)देखि प्रहरी वरिष्ठ उपरीक्षक…





