

ठमेलबाट २० युगाण्डाली युवती पक्राउ, अनैतिक गतिविधिमा संलग्नता आरोप

काठमाडौं । ठमेल क्षेत्रबाट अनैतिक गतिविधिमा संलग्न रहेको आरोपमा २० विदेशी युवतीलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार युगाण्डाबाट नेपाल आएका ती युवतीहरू वेश्यावृत्ति लगायत गतिविधिमा सक्रिय रहेको सूचनाका आधारमा विशेष निगरानीपछि नियन्त्रणमा लिइएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार ठमेल क्षेत्रमा घुम्न आउने पर्यटकलाई सार्वजनिक स्थलमै हैरानी दिने, पैसामा बार्गेनिङ गर्ने तथा अनैतिक प्रस्ताव राख्ने गतिविधि बढेपछि अपरेसन चलाइएको थियो। सोही क्रममा २० जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरी प्रवक्ता एसपी पवन कुमार भट्टराईका अनुसार पक्राउ परेकामाथि आवश्यक अनुसन्धान अघि बढाइएको छ। उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट १२ दिन थुनामा राख्ने अनुमति समेत लिइएको छ।
प्रहरीले ठमेल क्षेत्रमा यस्ता गतिविधि नियन्त्रण गर्न निगरानी अझ कडा बनाउने जनाएको छ। साथै, सार्वजनिक स्थानमा अशोभनीय तथा गैरकानुनी गतिविधि नगर्न सबैलाई सचेत गराएको छ।
समाज
थप सामाग्री-
चट्याङ लागेर उदयपुरमा ३५ वर्षीय तामाङको मृत्यु
-
छोटी भन्सार खोल्न माग गर्दै रामपुर खापमा तेस्रो दिन पनि धर्ना, सोमबारदेखि आमरण अनसनको चेतावनी
-
सल्यानमा ९० मिटर तल खस्यो बोलेरो, दुई जनाको मृत्यु, चार घाइते
-
आईजीपीको फूली खेलौना होइन, माननीय खगेन्द्र सुनारज्यू !
-
आज भदौ २७ गते शनिबार,यस्तो छ तपाईकाे राशिफल
परेवाटार–मास्टार सडकमा आजदेखि समय तोकेर एकतर्फी यातायात सञ्चालन
२१ घण्टा अगाडि
900Views 15 Shares Share on Facebook Share on Twitter धादिङ । भोटेकोशी बाढीका कारण फुर्केखोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक…





