

आजको मौसम : कोशी–बागमतीसहित पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हावाहुरीको चेतावनी
काठमाडौं । नेपालमा अहिले पश्चिमी वायु र स्थानीय वायुको प्रभाव सक्रिय रहेकाले देशका विभिन्न क्षेत्रमा मौसम बदलीसँगै वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, बागमती र कोशी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ।
महाशाखाले आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि आंशिक बदली रहने जनाएको छ। कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपातसमेत हुन सक्ने पूर्वानुमान गरिएको छ।
यस्तै, मधेस प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग तथा कोशी प्रदेशको तराई क्षेत्रमा पनि एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षा हुन सक्ने सम्भावना छ। मधेस र कोशी प्रदेशका तराई क्षेत्रमा हावाहुरी चल्ने चेतावनीसमेत दिइएको छ।
महाशाखाका अनुसार सुदूरपश्चिम र लुम्बिनी प्रदेशका केही भूभागमा तापक्रम बढ्ने सम्भावना रहेकाले गर्मी बढ्न सक्ने अनुमान गरिएको छ।
आज राति भने कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ भने कर्णाली प्रदेशको हिमाली क्षेत्र र मधेस प्रदेशमा आंशिक बदली रहने पूर्वानुमान छ। बाँकी पहाडी तथा तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने जनाइएको छ।
रातिको समयमा पनि कोशी प्रदेशका थोरै स्थान तथा बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। तराईका केही स्थानमा हावाहुरी चल्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
समाज
थप सामाग्री-
`मृत्युको सडक’ विरुद्ध महाअभियान : व्यवहार परिवर्तन नै मुख्य चुनौती
-
मधेस प्रदेशमा “तस्करीको जालो ” तोड्दै काठमाडौं भित्रिए डीआईजी गोविन्द थपलिया
-
आज असार ३ गते बुधबार, यस्तो छ तपाईंको राशिफल
-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
१ दिन अगाडि
2.1kViews 351 Shares Share on Facebook Share on Twitter मेष- आज तपाईंको आर्थिक पक्ष बलियो बन्ने संकेत देखिन्छ । आम्दानीका नयाँ…



