

मदन–आश्रित स्मृति दिवसमा देशभर विविध कार्यक्रम, बल्खुमा विशेष सभा
काठमाडौं । नेकपा एमालेले पार्टीका तत्कालीन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको ३३औँ स्मृति दिवस आइतबार (जेठ ३) देशभर विभिन्न कार्यक्रम गरी मनाउने भएको छ।
मदननगर बल्खुमा स्मृति सभा आयोजना गरिनेछ भने गोठाटारस्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा विचारगोष्ठी हुने छ।
यसैगरी देशका विभिन्न स्थानमा मदन–आश्रितको योगदानबारे चर्चा, विचारगोष्ठी, वृक्षारोपण, रक्तदान, निःशुल्क स्वास्थ्य शिविर तथा अस्पतालमा रहेका बिरामीलाई फलफूल वितरणलगायत कार्यक्रम गरिने जनाइएको छ।
जननेता मदन भण्डारी र जीवराज आश्रितको २०५० जेठ ३ गते चितवनको दासढुंगामा भएको सवारी दुर्घटनामा निधन भएको थियो। मदन भण्डारीलाई ‘जनताको बहुदलीय जनवाद’ का प्रणेता तथा प्रभावशाली वैचारिक नेताका रूपमा स्मरण गरिन्छ।
समाज
थप सामाग्री-
`मृत्युको सडक’ विरुद्ध महाअभियान : व्यवहार परिवर्तन नै मुख्य चुनौती
-
मधेस प्रदेशमा “तस्करीको जालो ” तोड्दै काठमाडौं भित्रिए डीआईजी गोविन्द थपलिया
-
आज असार ३ गते बुधबार, यस्तो छ तपाईंको राशिफल
-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
१ दिन अगाडि
2.1kViews 351 Shares Share on Facebook Share on Twitter मेष- आज तपाईंको आर्थिक पक्ष बलियो बन्ने संकेत देखिन्छ । आम्दानीका नयाँ…



