‘फ्रि भिसा फ्रि टिकट’ विपरीत ३ लाख असुल्ने म्यानपावर एजेन्ट पक्राउ, पीडितको मलेसिया प्रक्रिया अघि बढ्यो

सप्तरी । मलेसिया जान लागेका सप्तरीका अजय यादवसँग ‘फ्रि भिसा फ्रि टिकट’ नीतिविपरीत ३ लाख रुपैयाँ माग्ने म्यानपावर एजेन्टलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार वैदेशिक रोजगारका नाममा पीडितसँग अनधिकृत रूपमा रकम असुलिएको उजुरीका आधारमा गरिएको अनुसन्धानका क्रममा एजेन्टलाई नियन्त्रणमा लिइएको हो ।

पक्राउपछि गरिएको खानतलासीमा अजय यादवसँग सम्बन्धित पासपोर्ट, श्रम स्वीकृति तथा हवाई टिकट समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

बरामद कागजातसहित आवश्यक प्रक्रिया पूरा भएसँगै पीडित यादवको मलेसिया उड्ने प्रक्रिया अघि बढाइएको छ ।

Facebook Comments Box
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
२ दिन अगाडि

1.3kViews 187 Shares Share on Facebook Share on Twitter रुपन्देही । नेपाल प्रहरीका संगठन प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले…

TOP
375 Shares