आज जेठ १० गते आइतबार,यस्तो छ तपाईको राशिफल

मेष- आज सिर्जनात्मक कामप्रति आकर्षण बढ्नेछ । रोकिएका तथा हाँकेका काम सम्पन्न हुने सम्भावना छ। अध्ययन, तालिम तथा ज्ञानमूलक गतिविधिमा संलग्न भई लाभ मिल्ने समय रहेको छ । प्रतिस्पर्धा वा परीक्षामा सफलता हात पर्ने योग देखिन्छ। जुनियर स्टाफ वा सन्तानका माध्यमबाट पनि फाइदा मिल्न सक्छ। प्रेम तथा दाम्पत्य सम्बन्धमा मनका कुरा खुलस्त राख्दा सम्बन्ध अझ बलियो बन्नेछ।

वृष- आर्थिक दृष्टिले दिन लाभदायक देखिएको छ । हाकिम वा मान्यजनको विश्वास जित्न सकिनेछ भने परिवारबाट सुखद समाचार प्राप्त हुने सम्भावना छ । घर जग्गा, सेयर वा अचल सम्पत्तिसम्बन्धी कारोबारमा लगानी गर्ने अवसर मिल्न सक्छ । व्यवसाय विस्तारका लागि खर्च बढ्नेछ। यद्यपि परिवारलाई पर्याप्त समय दिन नसक्दा केही असन्तुष्टि देखिन सक्छ । पराइ व्यक्तिसँग व्यवहार गर्दा सावधानी अपनाउनु उपयुक्त हुनेछ।

मिथुन- सहकार्य र सामाजिक सम्बन्ध मजबुत बन्ने दिन छ । पुराना साथीभाइसँग भेटघाट तथा अध्ययन–लेखन र भविष्यका योजनाबारे छलफल हुने सम्भावना छ । सामाजिक तथा सार्वजनिक हितका कार्यमा सक्रियता बढ्नेछ । करियर परिवर्तन वा उच्च शिक्षाका विषयमा सोच विकसित हुन सक्छ । नयाँ प्रविधिको प्रयोगले ज्ञान र क्षमता बढाउनेछ । कलात्मक क्षेत्रमा रुचि हुनेहरूका लागि दिन विशेष फलदायी रहनेछ।

कर्कट- एक्लोपन महसुस गरिरहनुभएको छ भने आज नयाँ सम्बन्धको सुरुवात हुन सक्छ। आम्दानीका नयाँ स्रोत खुल्ने संकेत देखिएको छ । आर्थिक लाभको सम्भावना भए पनि जोखिमपूर्ण वा शंकास्पद कारोबारबाट टाढा रहनु उचित हुनेछ। व्यवसायमा नाफा मिल्ने भएपनि वाचा पूरा गर्न नसक्दा आलोचना खेप्नुपर्ने अवस्था आउन सक्छ । बोली र व्यवहारमा नम्रता अपनाउनु फाइदाजनक हुनेछ।

सिंह- आफन्त तथा प्रियजनसँग भेटघाट हुँदा मन प्रसन्न रहनेछ । दाम्पत्य जीवनमा समझदारी बढ्नेछ । आत्मविश्वास र ऊर्जा दुवैमा वृद्धि हुनेछ। मिहिनेतको उचित परिणाम प्राप्त हुने समय भएकाले काममा सक्रिय रहनु उपयुक्त हुनेछ । तपाईंको व्यक्तित्व र कार्यशैलीको प्रशंसा हुने सम्भावना छ । विरोधीहरू पनि पछि हट्ने संकेत देखिन्छ।

कन्या- दैनिक एउटै काम र वातावरणबाट दिक्क लाग्ने अवस्था आउन सक्छ। नयाँ कुरा सिक्ने र कार्यशैली परिवर्तन गर्ने सोच विकसित हुनेछ । खर्च अचानक बढ्न सक्ने भएकाले आर्थिक निर्णय गर्दा सावधानी आवश्यक देखिन्छ। साझेदारीमा कारोबार गर्ने योजना भए सतर्क रहनु होला। विवादास्पद काममा संलग्न हुँदा लाभ भए पनि आत्मसम्मानमा असर पर्न सक्छ।

तुला- सरकारी वा प्रशासनिक काम मिलाउनका लागि दिन अनुकूल छ । साथीभाइ तथा सहयोगीबाट साथ र सहयोग प्राप्त हुनेछ । अधुरा काम पुनः सुरु गर्ने समय आएको छ । खर्च बढेपनि पुरानो लगानीबाट लाभ मिल्ने संकेत देखिन्छ। पारिवारिक उन्नति तथा प्रतिष्ठाका लागि नयाँ योजना सुरु हुन सक्छ ।

वृश्चिक- व्यक्तिगत प्रतिष्ठा र प्रभाव बढ्ने समय छ। राजनीति वा समाजसेवामा सक्रिय व्यक्तिहरूका लागि विशेष उपलब्धिमूलक दिन रहनेछ । पुरस्कार, सम्मान वा पद प्रतिष्ठा प्राप्तिको योग बनेको छ। मेहनतको उचित मूल्यांकन हुनेछ। प्रतिस्पर्धी समेत सहयोगका लागि तपाईंको साथ खोज्न आउन सक्छन्। सम्बन्धमा आफ्ना विचार स्पष्ट र तर्कसंगत रूपमा राख्दा राम्रो परिणाम प्राप्त हुनेछ।

धनु- चुनौतीका बीचमा पनि काम सम्पन्न गरेर प्रतिष्ठा जोगाउन सकिने दिन छ । पारिवारिक जिम्मेवारी र अभिभावकको साथ महत्वपूर्ण बन्नेछ। प्रेम सम्बन्धमा भावनालाई नियन्त्रणमा राख्दै संवाद गर्नु राम्रो हुनेछ। मातापिता तथा गुरुजनसँगको सम्बन्ध अझ सुमधुर बन्नेछ । लामो दूरीको यात्रा वा भ्रमणको योजना बन्न सक्छ।

मकर- स्वास्थ्यमा कमजोरी महसुस भए आरामलाई प्राथमिकता दिनु उचित हुनेछ । खनिज पदार्थ तथा पुरातात्त्विक वस्तुसँग सम्बन्धित व्यवसायमा लाभ मिल्ने संकेत छ । लो ब्लडप्रेसरको समस्या हुनेहरूले विशेष सावधानी अपनाउनुपर्ने देखिन्छ । मनमा लागेको शंका वा चिन्ता विश्वस्त व्यक्तिसँग साझा गर्दा राहत मिल्नेछ। नयाँ विषय सिक्ने अवसर मिल्नेछ, तर हतारमा निर्णय गर्दा समस्या आउन सक्छ।

कुम्भ- कलात्मक तथा मनोरञ्जनसम्बन्धी क्षेत्रमा सफलता मिल्ने दिन छ। अभिनय, गायन, नृत्य, डिजाइनिङ वा भिडियो निर्माणजस्ता क्षेत्रमा सक्रिय व्यक्तिहरूका लागि अवसर आउनेछ । दाम्पत्य जीवन सुखद रहनेछ भने साथीभाइको साथ पनि प्राप्त हुनेछ । कल्पना र भावनामा धेरै समय बित्न सक्ने भएकाले काममा ध्यान केन्द्रित गर्नु आवश्यक देखिन्छ।

मीन- कार्य क्षेत्रमा धेरै मेहनत गर्नुपर्ने दिन छ । सेवाग्राही वा सहकर्मीसँगको विवाद ठूलो बन्न सक्ने भएकाले संयम अपनाउनु उचित हुनेछ । प्रेम सम्बन्धमा केही तनाव देखिए पनि संवादले समस्या समाधान गर्न मद्दत गर्नेछ । व्यवसायिक अवस्था सामान्य रहनेछ । स्वास्थ्यमा उतारचढाव आउन सक्ने भएकाले खानपान र आराममा ध्यान दिनु आवश्यक देखिन्छ।

Facebook Comments Box
TOP
448 Shares