एमाले सचिवालय बैठक आज पनि बस्दै, अध्यक्ष ओलीले दिनेछन् उठेका प्रश्नको जवाफ

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्ने भएको छ। अध्यक्ष निवास गुण्डुमा बिहान ११ः३० बजे बैठक सुरु हुने तय भएको छ।

उपमहासचिव का अनुसार शनिबार नेताहरूको धारणा राख्ने क्रम पूरा हुन नसकेपछि बैठक आजसम्म लम्बिएको हो। बैठकमा उठेका विभिन्न प्रश्न, जिज्ञासा र सुझावबारे अध्यक्ष ओलीले आज जवाफ दिने कार्यक्रम रहेको छ।

शनिबारको बैठकमा महासचिव सहित तीन उपमहासचिव र चार सचिवले आफ्नो धारणा प्रस्तुत गरेका थिए। बैठकमा पार्टीको वर्तमान अवस्था, नेतृत्व शैली, संगठन सुदृढीकरण तथा आगामी रणनीतिका विषयमा छलफल केन्द्रित भएको बताइएको छ।

सचिवालय बैठकका क्रममा शुक्रबार र शनिबार बोल्ने अधिकांश नेताहरूले पार्टी नेतृत्वप्रति असन्तुष्टि व्यक्त गर्दै अध्यक्ष ओलीले राजीनामा दिएर नयाँ नेतृत्वका लागि मार्गप्रशस्त गर्नुपर्ने धारणा राखेका थिए। केही नेताहरूले पार्टीभित्र आन्तरिक लोकतन्त्र, नेतृत्व हस्तान्तरण र संगठनात्मक पुनर्संरचनाको आवश्यकता औँल्याएका थिए।

एमालेभित्र नेतृत्व र संगठनबारे देखिएको बहसका बीच आज अध्यक्ष ओलीले दिने जवाफलाई पार्टी वृत्तमा चासोका साथ हेरिएको छ। बैठकले पार्टीको भावी दिशा र नेतृत्वसम्बन्धी बहसलाई थप स्पष्ट पार्ने अपेक्षा गरिएको छ।

Facebook Comments Box
TOP
434 Shares