

दोषी पक्राउको माग गर्दै पुनः बन्द भयो कर्णाली करिडोर
बाजुराको हिमाली गाउँपालिका–३ स्थित रानीसैन–लाम्पाटा घटनाका दोषीलाई पक्राउ गर्न प्रशासनले चासो नदेखाएको आरोप लगाउँदै हिमाली युवा क्लबले कर्णाली करिडोर पुनः अनिश्चितकालका लागि बन्द गरेको छ।
क्लबका अध्यक्ष विनोद बुढाका अनुसार जेठ ८ गते हिमाली युवा क्लब, राजनीतिक दल तथा प्रशासनबीच भएको ६ बुँदे सहमतिअनुसार मागहरू कार्यान्वयन नभएको र २४ घण्टाभित्र पनि कुनै ठोस प्रगति नदेखिएपछि आइतबार दिउँसो १ बजेदेखि पुनः आन्दोलन सुरु गरिएको हो।
हिमाली गाउँपालिकाकी उपाध्यक्ष राजकला सार्कीलाई ज्ञापनपत्र बुझाउँदै क्लबले यसअघि भएका सहमतिहरू कार्यान्वयन नभएको, स्थानीय बासिन्दामाथि अन्याय जारी रहेको तथा दोषीमाथि कारबाही प्रक्रिया अघि नबढाइएको भन्दै राजमार्ग बन्दको घोषणा गरेको जनाएको छ।
क्लबले हिमाली–३ का स्थानीयवासीका घरमा अझै पनि लुटपाट र तोडफोडका घटना भइरहेको दाबी गर्दै घटनाको निष्पक्ष छानबिन र संलग्न व्यक्तिमाथि कानुनी कारबाही नभएसम्म आन्दोलन नरोकिने चेतावनी दिएको छ।
गत घटनामा लाम्पाटा क्षेत्रका स्थानीयका घरमा लुटपाट, तोडफोड तथा कुटपिट भएको थियो। क्लबका अध्यक्ष बुढाले हुम्लाको खार्पुनाथ गाउँपालिका र सर्केगाड गाउँपालिकाका केही व्यक्तिहरू घटनामा संलग्न रहेको आरोप लगाएका छन्। उनका अनुसार स्थानीयवासीका साथै भ्रमणमा आएका पर्यटकहरूको समेत व्यक्तिगत तथा सार्वजनिक सम्पत्तिमा क्षति पुर्याइएको छ।
घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयले प्रहरी निरीक्षक लक्ष्मीराज जोशीको नेतृत्वमा १६ जना नेपाल प्रहरी र १० जना सशस्त्र प्रहरीसहित २६ सदस्यीय सुरक्षा टोली परिचालन गरेको जनाएको छ।
दोषीमाथि कारबाहीको मागसँगै सुरु भएको आन्दोलनका कारण कर्णाली करिडोरमा आवागमन प्रभावित भएको छ भने स्थानीयवासी तथा यात्रुहरू समस्यामा परेका छन्। प्रशासन र आन्दोलनरत पक्षबीच पुनः वार्ता हुने प्रयास भइरहे पनि हालसम्म कुनै सहमति हुन सकेको छैन।
समाज
थप सामाग्री-
काठमाडौं–ललितपुर प्रहरी नेतृत्व फेरबदलको तयारी, एसएसपी सरुवाबारे गृहकार्य तीव्र
-
बाजुरा–हुम्ला सीमा विवाद अध्ययन गर्न प्राविधिक समिति गठन
-
बागमती नदीमा नुहाउने क्रममा दुई युवक बेपत्ता, खोजी जारी
-
आज जेठ १० गते आइतबार,यस्तो छ तपाईको राशिफल
-
संख्याको दम्भ नदेखाउन सरकारलाई गगन थापाको चेतावनी, पाँच बुँदे प्रश्नसहित जवाफदेही बन्न आग्रह
सशस्त्र प्रहरीका दुई महिला आरोहीलाई एक तह बढुवा, सगरमाथा–लोत्से सफल आरोहणको सम्मान
२ दिन अगाडि
2.0kViews 441 Shares Share on Facebook Share on Twitter काठमाडौँ । सगरमाथा तथा लोत्से हिमालको सफल आरोहण गरेका सशस्त्र प्रहरीका…



