

रवि लामिछाने आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने भएका छन् ।
भारत भ्रमणको तेस्रो दिन लामिछानेले प्रधानमन्त्री मोदीसँग औपचारिक भेटवार्ता गर्न लागेका हुन् । यसअघि मंगलबार उनले भारत सरकारका उच्च राजनीतिक नेतृत्वसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।
मंगलबार लामिछानेले भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष, भारतका गृहमन्त्री अमित शाह तथा विदेशमन्त्री एस. जयशंकरसँग भेटवार्ता गरेका थिए । सो क्रममा उनलाई भाजपा नेतृत्वले रेड कार्पेटसहित भव्य स्वागत गरेको बताइएको छ ।
पाँच दिने भारत भ्रमणका लागि लामिछानेसहित उनकी श्रीमती निकिता पौडेल, सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य एवं प्रतिनिधिसभा सदस्य दीपक बोहोरा र अविनाश आचार्य (प्रदीप) सोमबार भारत प्रस्थान गरेका थिए ।
लामिछाने यही जेठ २२ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
समाज
थप सामाग्री
प्रेसको गेटमा रोकिएका गाडी होइनन्, लोकतन्त्रको बाटो छेक्ने प्रयास
२ दिन अगाडि
2.2kViews 342 Shares Share on Facebook Share on Twitter लोकतन्त्रमा प्रश्न सोध्नु अपराध होइन, बरु राज्यलाई जवाफदेही बनाउने नागरिक अधिकार…





