

निर्वाचन प्रहरीका बन्दोबस्ती सामग्री खरिदमा अनियमितता आरोप, अख्तियारले छानबिन तीव्र बनायो
काठमाडौं । तीन महिनाअघि सम्पन्न निर्वाचनका क्रममा निर्वाचन सुरक्षामा खटिएका प्रहरीका लागि खरिद गरिएका बन्दोबस्ती सामग्रीमा ठूलो आर्थिक अनियमितता भएको आशंका गरिएको छ। विशेषगरी जुत्ता, पोशाक, सिट्टी र लौरो खरिद प्रक्रियामा गम्भीर अनियमितता भएको भन्दै उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन तीव्र पारेको छ।
प्रारम्भिक छानबिनका क्रममा खरिद प्रक्रियामा नीतिगत तथा प्रक्रियागत त्रुटि देखिएको भन्दै आयोगले सम्बन्धित अधिकारी तथा ठेकेदारहरूसँग बयान लिइरहेको स्रोतले जनाएको छ।
उजुरीमा निर्वाचन प्रहरीका लागि खरिद गरिएको करिब १ लाख ३३ हजार ९ सय ८० जोर जुत्तामा मात्र करिब १० करोड रुपैयाँ बराबरको अनियमितता भएको दाबी गरिएको छ। ती जुत्ता गोल्डस्टार कम्पनीसँग प्रत्यक्ष रूपमा खरिद गरिएको र प्रतिस्पर्धा नगरी कम्पनी तोकेर खरिद गरिएको आरोपसमेत लगाइएको छ।
उजुरीअनुसार प्रति जोर जुत्ताको मूल्य १ हजार ५ सय रुपैयाँ कायम गरिएको थियो। कुल करिब २० करोड रुपैयाँ बराबरको खरिद प्रक्रियामा कमिसन र मूल्य वृद्धि गरी ठूलो आर्थिक हिनामिना भएको दाबी गरिएको छ।
त्यस्तै, बन्दोबस्ती सामग्री खरिदमा ४० प्रतिशतसम्म कमिसन केन्द्रीय तहमा, १५ प्रतिशत प्रदेश तथा उपत्यका तहमा र बाँकी हिस्सा जिल्ला प्रहरी प्रमुखबीच बाँडफाँड गरिएको दाबीसमेत उजुरीमा उल्लेख छ।
अख्तियार स्रोतका अनुसार अनुसन्धानका लागि विशेष टोली गठन गरिएको छ र सो टोलीले सम्बन्धित प्रहरी अधिकारी, प्रशासनिक कर्मचारी तथा ठेकेदारहरूसँग निरन्तर बयान लिइरहेको छ।
यसबीच, बजेट निकासा र खरिद प्रक्रिया नै नियमविपरीत रहेको प्रारम्भिक निष्कर्ष पनि देखिएको स्रोतको भनाइ छ। यस विषयमा तत्कालीन गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयबीच भएको सम्झौतामाथि पनि प्रश्न उठाइएको छ।
अनुसन्धानको दायरामा केही उच्च पदस्थ प्रहरी अधिकारी तथा पूर्वपदाधिकारीहरू समेत तानिएको बताइए पनि अख्तियारले हालसम्म आधिकारिक निष्कर्ष सार्वजनिक गरेको छैन।
उजुरीमा उठाइएका सबै विषयहरूको पुष्टि अनुसन्धानपछि मात्र हुने आयोग स्रोतले जनाएको छ।
समाज
थप सामाग्री-
आज साउन ०४ गते सोमबार, यस्तो छ तपाईको राशिफल
-
रुकुम पूर्व केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प, वरपरका जिल्लामा धक्का महसुस
-
सत्ता, सामाजिक सञ्जाल र मिडिया नियन्त्रणको मोह : इतिहास दोहोर्याउने असफल प्रयास
-
बाढी–पहिरोको जोखिम बढेपछि सरकारको कडा निर्णय, जोखिम मूल्याङ्कनपछि मात्रै सवारी सञ्चालन
-
भारी वर्षाको चेतावनी : २१ जिल्लामा बाढीको मध्यम जोखिम, कोसी ब्यारेजका ढोका खोल्ने तयारी
देशभर मनसुनी प्रभाव कायम : आज र राति भारीदेखि अति भारी वर्षाको सम्भावना, बाढी–पहिरोको उच्च जोखिम
२ दिन अगाडि
2.4kViews 473 Shares Share on Facebook Share on Twitter काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज दिनभर तथा…





