

विश्वकप हेर्न अमेरिका जाँदै गरेका एन्फा अध्यक्ष र महासचिव विमानस्थलबाटै फर्काइए
काठमाडौं । फिफा विश्वकप फुटबल २०२६ हेर्न अमेरिका हुँदै मेक्सिको जान लागेका अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइएको छ।
अध्यागमन स्रोतका अनुसार उनीहरू मंगलबार बिहान विदेश प्रस्थान गर्ने क्रममा विमानस्थल पुगेका थिए। तर कालोसूची (ब्ल्याकलिस्ट) मा रहेकाले अध्यागमन कार्यालयले उनीहरूको यात्रा रोकेको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका एक अधिकारीले उनीहरू विदेश भ्रमणमा जान नपाउने सूचीमा रहेकाले प्रस्थान अनुमति नदिइएको जानकारी दिएका छन्।
यसअघि आर्थिक अनियमिततासम्बन्धी विषयमा छानबिन गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सिफारिसमा अध्यागमन विभागले गत वैशाखमा एन्फाका पदाधिकारीहरूको विदेश भ्रमणमा रोक लगाएको थियो।
विश्वकप अवलोकनका लागि विदेश जान पाउने व्यवस्था मिलाइदिन आग्रह गर्दै अध्यक्ष नेम्वाङ र महासचिव राई सोमबार राखेप पुगेका थिए। तर राखेपले विदेश यात्रा रोक्ने निर्णय यथावत् राख्दै प्रतिबन्ध फुकुवा गर्न अस्वीकार गरेको स्रोतले जनाएको छ।
राखेपको निर्णय कायम रहेपछि विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता प्रत्यक्ष हेर्ने उनीहरूको योजना विमानस्थलमै अवरुद्ध भएको छ। यद्यपि, उनीहरूमाथि भइरहेको छानबिनको अवस्था र विदेश यात्रामाथिको प्रतिबन्ध कहिलेसम्म कायम रहने भन्ने विषयमा सम्बन्धित निकायहरूले औपचारिक धारणा सार्वजनिक गरेका छैनन्।
समाज
थप सामाग्री-
आज साउन ०४ गते सोमबार, यस्तो छ तपाईको राशिफल
-
रुकुम पूर्व केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प, वरपरका जिल्लामा धक्का महसुस
-
सत्ता, सामाजिक सञ्जाल र मिडिया नियन्त्रणको मोह : इतिहास दोहोर्याउने असफल प्रयास
-
बाढी–पहिरोको जोखिम बढेपछि सरकारको कडा निर्णय, जोखिम मूल्याङ्कनपछि मात्रै सवारी सञ्चालन
-
भारी वर्षाको चेतावनी : २१ जिल्लामा बाढीको मध्यम जोखिम, कोसी ब्यारेजका ढोका खोल्ने तयारी
देशभर मनसुनी प्रभाव कायम : आज र राति भारीदेखि अति भारी वर्षाको सम्भावना, बाढी–पहिरोको उच्च जोखिम
२ दिन अगाडि
2.4kViews 473 Shares Share on Facebook Share on Twitter काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज दिनभर तथा…





