

अमेरिका पठाउने भन्दै ३८ लाख ५० हजार ठगी, रोल्पाकी महिला पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन्।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रोल्पाकी ५४ वर्षीया निर्मला कुमारी श्रेष्ठलाई काठमाडौँको टेकु क्षेत्रबाट पक्राउ गरेको हो। उनलाई मिति २०८३ जेठ २७ गते सार्वजनिक गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार श्रेष्ठले बेरोजगार युवायुवतीलाई आकर्षक तलबसहितको रोजगारी दिलाइदिने भन्दै विश्वासमा पारी पटक–पटक गरी कुल ३८ लाख ५० हजार रुपैयाँ उठाएकी थिइन्।
रकम लिएपछि उनी लामो समयसम्म सम्पर्कविहीन बनेको र पीडितहरूलाई विदेश नपठाएको उजुरीमा उल्लेख छ।
पीडितहरूको उजुरीका आधारमा पक्राउ परेकी श्रेष्ठलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।
समाज
थप सामाग्री-
आज साउन ०४ गते सोमबार, यस्तो छ तपाईको राशिफल
-
रुकुम पूर्व केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प, वरपरका जिल्लामा धक्का महसुस
-
सत्ता, सामाजिक सञ्जाल र मिडिया नियन्त्रणको मोह : इतिहास दोहोर्याउने असफल प्रयास
-
बाढी–पहिरोको जोखिम बढेपछि सरकारको कडा निर्णय, जोखिम मूल्याङ्कनपछि मात्रै सवारी सञ्चालन
-
भारी वर्षाको चेतावनी : २१ जिल्लामा बाढीको मध्यम जोखिम, कोसी ब्यारेजका ढोका खोल्ने तयारी
देशभर मनसुनी प्रभाव कायम : आज र राति भारीदेखि अति भारी वर्षाको सम्भावना, बाढी–पहिरोको उच्च जोखिम
२ दिन अगाडि
2.4kViews 473 Shares Share on Facebook Share on Twitter काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज दिनभर तथा…





