

११ रोपनी सार्वजनिक जग्गाको खेल? नमोबुद्धमा उठ्यो करोडौँको विवाद, स्थानीय पुगे प्रधानमन्त्रीको ढोकामा
काठमाडौँ । काभ्रे पलाञ्चोक जिल्ला नमोबुद्ध न.पा.वडा नं.४का स्थानियहरुले भू माफिया ठण्डिराज उपाध्यायले कब्जा गरेको सार्वजनिक जग्गा जोगाउन प्रधानमन्त्री बालेनसंग हार गुहार गरेका छन। उनीहरुले यस अघि अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका सम्बन्धित सबै सरकारी निकायमा गरेको उजुरीमा भू माफिया ठण्डिराज उपाध्यायले भ्रष्ट कर्मचारीको आडमा रोकेको भन्दै एक निबेदनमार्फत् प्रधानमन्त्री बालेनसंग हार गुहार गरेका हुन्।
स्थानीयका अनुसार काभ्रे पलाञ्चोक जिल्ला मेथिनकोट गा.वि.स. वडा नं.२ (हाल नमोबुद्ध न.पा.वडा नं.४) स्थित कि.नं. ३०४ को ११-११-२-० क्षेत्रफल भएको जग्गा व्यक्तिगत नाममा दर्ता गरी भू माफिया ठण्डिराज उपाध्यायलगायतले करोडौ कुम्याएका हुन् ।
भू- माफियाहरु ठण्डिराज उपाध्याय र केदारराज उपाध्यायले परापुर्वकालदेखि गौचरण कायम भएको र २०३३ सालको नापीमा जंगल कायम भएको काभ्रे पलाञ्चोक जिल्ला मेथिनकोट गा.वि.स. वडा नं.२ (हाल नमोबुद्ध न.पा.वडा नं.४ मा पर्ने) कि.नं. ३०४ को ११-११-२-० क्षेत्रफल भएको जग्गा व्यक्तिगत नाममा दर्ता गरी प्रति आना सात लाखदेखि दश लाखसम्ममा बेच बिखन गरि करोडौ कुम्याएका हुन् ।
उनीहरुको यो कर्तुत बिभिन्न संचार माध्यममा सार्वजनिक भएपछी भू माफिया ठण्डिराज उपाध्यायले सरकारी जग्गामा भोगचलन भएको देखाउन रातारात टेक्टर लगाएर खनजोतसमेत गरेक छन्।
स्मरणीय छ , भू- माफियाहरु ठण्डिराज उपाध्याय र केदारराज उपाध्यायले परापुर्वकालदेखि गौचरण कायम भएको , २०३३ सालको नापीमा जंगल कायम भएको काभ्रे पलाञ्चोक जिल्ला मेथिनकोट गा.वि.स. वडा नं.२ (हाल नमोबुद्ध न.पा.वडा नं.४ मा पर्ने) कि.नं. ३०४ को ११-११-२-० क्षेत्रफल भएको जग्गा व्यक्तिगत नाममा दर्ता गरी प्रति आना सात लाखदेखि दश लाखसम्ममा बेच बिखन गरि करोडौ कुम्याएको र परापुर्व कालदेखि गाइबस्तु चराउने गौचरनको रुपमा प्रयोग हुँदै सरकारी कायम भएको उक्त जग्गा छुट जग्गाको नाममा दर्ता गरेर बेचबिखन गर्ने कार्यमा ठण्डिराज उपाध्याय, केदारराज उपाध्याय, काभ्रे पलाञ्चोक जिल्लाका मालपोत प्रमुख , नापी प्रमुख र नमोबुद्ध न.पा.वडा नं.४का वडाध्यक्ष अर्जुन बहादुर कार्कीको प्रत्यक्ष संलग्नता रहेको भन्दै २०८२ साल मंसिरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग , बन मन्त्रालय , गृह मन्त्रालय र जिल्ला प्रसासन कार्यालय काभ्रे पलाञ्चोकलगायत सम्बन्धित सबै निकायमा उजुरी परेको थियो।
यसरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग , जिल्ला प्रसासन कार्यालय , काभ्रे पलाञ्चोकलगायत सम्बन्धित निकायमा उजुरी परे पछि अत्तालिएका भू माफिया ठण्डिराज उपाध्याय र केदारराज उपाध्यायले उक्त जग्गा आफुले भोग चलन गरेको देखाउन तोरी खेति लगाएका हुन्।
यसरी भू.माफिया ठण्डिराज उपाध्याय, केदारराज उपाध्यायले सार्वजनिक जग्गामा दिन दहाडै खेति लगाएर कब्जा गर्न खोजे पछि उनिहरुलाई नियन्त्रणमा लिएर र उनीहरुको सम्पूर्ण बैंक खाता रोक्का गरेर अनुसन्धान अघि बढाउनु पर्ने माग गर्दै स्थानीय बासिन्दाले पुन: सप्रमाण अख्तियार दुरुपयोग अनुसन्धान आयोग, काभ्रे पलाञ्चोकका प्रमुख जिल्ला अधिकारी र नमोबुद्ध नगरपालिकामा निबेदन पेश गरेको तर , हालसम्म पनि उक्त जग्गा सार्वजनिक कायम नभएको भन्दै प्रधानमन्त्री बालेन समक्ष निबेदन पेश गरेको बताएका छन्।
उक्त जग्गा परापुर्व कालदेखि गाइबस्तु चराउने गौचरण र बनजंगल कायम भएको प्रमाण यस्तो छ –

समाज
थप सामाग्री-
आज साउन ०४ गते सोमबार, यस्तो छ तपाईको राशिफल
-
रुकुम पूर्व केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प, वरपरका जिल्लामा धक्का महसुस
-
सत्ता, सामाजिक सञ्जाल र मिडिया नियन्त्रणको मोह : इतिहास दोहोर्याउने असफल प्रयास
-
बाढी–पहिरोको जोखिम बढेपछि सरकारको कडा निर्णय, जोखिम मूल्याङ्कनपछि मात्रै सवारी सञ्चालन
-
भारी वर्षाको चेतावनी : २१ जिल्लामा बाढीको मध्यम जोखिम, कोसी ब्यारेजका ढोका खोल्ने तयारी
देशभर मनसुनी प्रभाव कायम : आज र राति भारीदेखि अति भारी वर्षाको सम्भावना, बाढी–पहिरोको उच्च जोखिम
२ दिन अगाडि
2.4kViews 473 Shares Share on Facebook Share on Twitter काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज दिनभर तथा…





