

स्मार्ट सेलको करिब पाँच अर्ब सम्पत्ति हिनामिना प्रकरणमा अनुसन्धान सुस्त, सीआईबीमाथि प्रश्न
काठमाडौं । सरकारी स्वामित्वमा आइसकेको स्मार्ट सेलको करिब पाँच अर्ब रुपैयाँ बराबरको सम्पत्ति हिनामिनासम्बन्धी अनुसन्धान सुस्ताएको भन्दै प्रश्न उठ्न थालेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अघि बढाएको अनुसन्धानका क्रममा पक्राउ परेका सबै आरोपीहरू हाल हाजिरी जमानीमा छुटिसकेपछि अनुसन्धानको गति प्रभावित भएको देखिएको छ। प्रारम्भिक चरणमा तीव्रताका साथ अघि बढाइएको अनुसन्धान पछिल्लो समय सुस्त भएको भन्दै सरोकारवालाहरूले चासो व्यक्त गरेका छन्।
यस प्रकरणमा सीआईबीले स्मार्ट टेलिकमका तत्कालीन सञ्चालक सर्वेश जोशीलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो। त्यसपछि नेपाल इन्भेष्टमेन्ट बैंकका सञ्चालक ज्योति प्रकाश पाण्डे तथा बोलपत्र प्रक्रियामा संलग्न पलिना श्रेष्ठ र नरेन्द्र उलाकलगायतलाई समेत पक्राउ गरिएको थियो। तर, हाल सबै जना हाजिरी जमानीमा छुटिसकेका छन्।
अनुसन्धानका क्रममा सीआईबीले नेपाल इन्भेष्टमेन्ट बैंक र एनसेलसँग सम्बन्धित पक्षहरूसम्म पुगेर कागजात नियन्त्रणमा लिएको तथा केही व्यक्तिसँग बयान समेत लिइसकेको छ। तर, मुख्य कम्पनी तहका केही उच्च व्यवस्थापनमा अहिलेसम्म प्रत्यक्ष पक्राउ नपरेको विषयले पनि प्रश्न उठाएको छ।
यसबीच नेपाल दूरसञ्चार प्राधिकरणले सरकारी स्वामित्वमा गइसकेको सम्पत्ति लिलामी प्रक्रिया रोक्न पत्राचार गरेको भए पनि लिलामी प्रक्रिया अघि बढाइएको आरोपसमेत लगाइएको छ। सो क्रममा स्मार्ट सेलका बिटिएस टावरलगायत उपकरण लिलामी गरिएको र त्यसमा मिलेमतो भएको दाबीसमेत सार्वजनिक भएका छन्।
स्मार्ट सेलको लाइसेन्स २०८० सालमै रद्द भइसकेको भए पनि यसको सम्पत्ति २०८२ साल असोजमा लिलामी गरिएको उल्लेख छ। बैंकिङ पक्षबाट धितोका आधारमा नभई व्यक्तिगत जमानीमा कर्जा प्रवाह गरिएको र सोही आधारमा सरकारी स्वामित्वमा गइसकेका उपकरण बिक्री गरिएको विषयसमेत अनुसन्धानको दायरामा रहेको बताइएको छ।
यस प्रकरणमा एनसेलसँग सम्बन्धित सञ्चालक तथा उच्च अधिकारीहरूको संलग्नता रहेको आरोप पनि उठेको छ। उनीहरूको आफन्तका नाममा नक्कली बोलपत्र हालेर ठेक्का प्रक्रिया प्रभाव पारिएको दाबीसमेत गरिएको छ।
सीआईबीले नेपाल इन्भेष्टमेन्ट बैंकका कर्मचारीलाई समेत पक्राउ गरेको भए पनि उनीहरू पनि पछि अदालतको आदेशअनुसार छुटिसकेका छन्।
यसैबीच, मुद्दा प्रभावित पार्ने प्रयास, आरोपीहरूको रिहाइ र अनुसन्धानको गति सुस्त हुनुले यति ठूलो वित्तीय अपराध ‘डिसमिस’ हुने हो कि भन्ने आशंका पनि बढेको छ। यद्यपि प्रधानमन्त्री कार्यालयले यस प्रकरणलाई निगरानीमा राख्दै आएको र आवश्यक निर्देशनमार्फत अनुसन्धान अघि बढाइएको बताइएको छ।
प्रधानमन्त्रीको सचिवालयको चासोपछि सीआईबीले स्मार्ट सेल घोटाला प्रकरणमा प्रारम्भिक अनुसन्धान अघि बढाएको थियो।
समाज
थप सामाग्री-
आज साउन ०४ गते सोमबार, यस्तो छ तपाईको राशिफल
-
रुकुम पूर्व केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प, वरपरका जिल्लामा धक्का महसुस
-
सत्ता, सामाजिक सञ्जाल र मिडिया नियन्त्रणको मोह : इतिहास दोहोर्याउने असफल प्रयास
-
बाढी–पहिरोको जोखिम बढेपछि सरकारको कडा निर्णय, जोखिम मूल्याङ्कनपछि मात्रै सवारी सञ्चालन
-
भारी वर्षाको चेतावनी : २१ जिल्लामा बाढीको मध्यम जोखिम, कोसी ब्यारेजका ढोका खोल्ने तयारी
देशभर मनसुनी प्रभाव कायम : आज र राति भारीदेखि अति भारी वर्षाको सम्भावना, बाढी–पहिरोको उच्च जोखिम
२ दिन अगाडि
2.4kViews 473 Shares Share on Facebook Share on Twitter काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज दिनभर तथा…





