

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को अवार्ड
काठमाडौं ।
सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को अवार्ड प्रदान गरिएको छ । आइतबार काठमाडौंमा आयोजित नवौं संस्करणको राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड)मा उहाँलाई ‘माटोको सुगन्ध’ गीतबाट उक्त अवार्ड प्रदान गरिएको हो । यही गीतबाट सार्वोत्कृष्ट संगीतरको अवार्ड सिक्किमका जीवन शर्मालाई प्रदान गरिएको थियो ।
समारोहमा वरिष्ठ अभिनेत्रीहरू बसुन्धरा भुसाल, भुवन चन्द, चैतदेवी, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी तथा वरिष्ठ कलाकार मोहन निरौला, चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसी, पूर्व अध्यक्ष रविन्द्र खड्का, गायक शिव परियार, सीताराम पोखरेल लगायत कलाकार तथा स्रष्टाहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
पावर इन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल)को आयोजना तथा इरा प्रोडक्सन प्रालिको व्यवस्थापनमा सम्पन्न कार्यक्रममा संगीत, साहित्य, पत्रकारिता, कला, शिक्षा तथा सामाजिक क्षेत्रमा योगदान पुर्याएका विभिन्न व्यक्तित्वहरूलाई समेत सम्मान गरिएको थियो ।
समारोहमा कार्यक्रमका अध्यक्ष माधवराज खरेल तथा संयोजक कमला जोशी रहनुभएको छ भने कार्यक्रम निर्देशन सनम कठायतले गर्नुभएको थियो । सो अवसरमा बिभिन्न ३० विधासहित जुरी अवार्ड प्रदान गरिएको थियो ।
समाज
थप सामाग्री-
आज साउन ०४ गते सोमबार, यस्तो छ तपाईको राशिफल
-
रुकुम पूर्व केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प, वरपरका जिल्लामा धक्का महसुस
-
सत्ता, सामाजिक सञ्जाल र मिडिया नियन्त्रणको मोह : इतिहास दोहोर्याउने असफल प्रयास
-
बाढी–पहिरोको जोखिम बढेपछि सरकारको कडा निर्णय, जोखिम मूल्याङ्कनपछि मात्रै सवारी सञ्चालन
-
भारी वर्षाको चेतावनी : २१ जिल्लामा बाढीको मध्यम जोखिम, कोसी ब्यारेजका ढोका खोल्ने तयारी
देशभर मनसुनी प्रभाव कायम : आज र राति भारीदेखि अति भारी वर्षाको सम्भावना, बाढी–पहिरोको उच्च जोखिम
२ दिन अगाडि
2.4kViews 473 Shares Share on Facebook Share on Twitter काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज दिनभर तथा…





